Sunday, June 26, 2022
Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAभिडियो | VIDEOज्ञानेन्द्र गुरुङको “पहिलो गुरुङ र्याप गीत सार्वजनिक”

ज्ञानेन्द्र गुरुङको “पहिलो गुरुङ र्याप गीत सार्वजनिक”

बम्जन गुरुङ। एक दशकको लामो कोरिया बसाईमा कम्पनीमा कामपछिको फुर्सदको समयलाई सदुपयोग गर्दै कोरियास्थित नेपाली समुदायमा पहिलो पटक “डान्स-पार्टी” आयोजना गरि ट्रेन्ड बसाएका (एन्-पृक) समुहका संस्थापक ज्ञानेन्द्र गुरुङ (सोजु) ले इतिहासमै “पहिलो गुरुङ हिपअप-र्याप गीत सार्वजानिक” गरेका छन् ।

लमजुङ जिल्लाको १२ थर हिले गाउँमा जन्मिएर हाल काठमाडाैं बसोबास गरिरहेका गुरुङ गत साल वि.सं. २०७७ मा मातृभुमि नेपाल फर्कनासाथ लकडाउनको चपेटामा परेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै गुरुङ चलचित्र “बारा-पोखरी” को कथा लेखेका थिए । लकडाउन खुकुलो हुनसाथ छायांकन देखि सम्पूर्ण काम सकिएर नयाँ बर्ष २०७८ बाट सो चलचित्र रिलिज गर्ने तयारीमा रहेको तर नयाँ बर्ष सँगसँगै कोभिड-१९ को दोश्रो लहर देखिएपछि गुरुङ चलचित्र “बारा-पोखरी” को प्रदर्शन पनि स्थगित गरिएको र कोरोना महामारी छिट्टै हराएर गएपछि चलचित्र “बारा-पोखरी” हेर्ने अवसर पनि छिट्टै प्रदर्शनमा आउने गुरुङले प्रष्ठयाए ।

नयाँ पुस्ताका युवाले अब आफ्नो तमु (गुरुङ) जातिको भाषा, संस्कृतिप्रति लगाव राख्नुपर्छ, बुझ्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने हेतुले यस पटकको दोश्रो लकडाउनलाई सदुपयोग गर्दै छोटो समयमा पहिलो गुरुङ भाषाको र्याप गीत आफ्नो यु-ट्यूब च्यानल TAMUNITY मार्फत सार्वजानिक गरेका छन् । पश्चिमी जगतबाट शुरु भएको उक्त हिप-अप र्याप गीत तमु भाषामा प्रस्तुत गरिएको र गीतको भिडियो सूट पनि आफ्नै गाउँ लमजुङमा गरिएको छ ।

हिपहप र्याप भन्ने बित्तिक‌ै अलि नराम्रो युवाहरुको जमात हो भनेर बुझ्ने नेपाली समाजभित्रको तमु समाजले कसरी मुल्यांकन गर्नेछन् भन्नलाई हेर्नलाई अझ बाँकी नै छ भने रिलिज गरेको २४ घण्टा नबित्दै १३ हजार भन्दा धेरै दर्शकले हेरिसकेको उक्त म्युजिक भिडियोमा ९०% सकरात्मक प्रतिक्रिया आईसकेको छ ।

भिडियो  ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments