Homeसमाचार | NEWSनेपाल | NEPALनरबहादुर स्मृति अक्षयकोष–२०७९ छात्रवृत्ति वितरण र स्मृति कार्यक्रम सम्पन्न

नरबहादुर स्मृति अक्षयकोष–२०७९ छात्रवृत्ति वितरण र स्मृति कार्यक्रम सम्पन्न

पर्वत असार ८, मोदी गाउँपालिका–५, पर्वतस्थित श्री महेन्द्र शिखरी माविमा असार ८ गते समाजसेवी स्व. नरबहादुर गुरुङको वार्षिक पुण्यतिथिको अवसर पारेर स्मृति सभा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराखर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षयकोष–२०७९ बाट प्राप्त वार्षिक व्याजको उपयोग गर्दै १२ जना जेहेन्दार विद्यार्थीलाई जनही रू १,००० का दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

त्यसै अवसरमा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पनि विद्यालयले सम्मानस्वरूप पुरस्कार वितरण गरेको थियो।

कार्यक्रममा स्व. गुरुङको तस्बिरमा माल्यार्पण गरिनुका साथै एक मिनेट मौनधारण गरी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। वक्ताहरूले स्व. गुरुङले पुर्‍याएका सामाजिक योगदानको चर्चा गर्दै उहाँको जीवनले विद्यार्थीहरूलाई समाजसेवामा लाग्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।

शिक्षक कृष्णराज सुवेदीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम विद्यालयका सूचना अधिकारी लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक तथा शिक्षक–अभिभावक संघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। नरबहादुर स्मृति अक्षयकोष मिलन ग्रुप अफ नेपालका संयोजक एवं मिलन फाउन्डेशन नेपालका परिकल्पनाकार र संरक्षक दुर्गा गुरुङ मिलनले आफ्ना बुवाको सम्झनामा यो कोष स्थापना गरेका हुन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments