Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNपहिलो तमू चलचित्र ‘पाते’ को गीत ‘छिटको गुन्यो...’ को नयाँ भर्सन सार्वजनिक

पहिलो तमू चलचित्र ‘पाते’ को गीत ‘छिटको गुन्यो…’ को नयाँ भर्सन सार्वजनिक

पहिलो तमू चलचित्र ‘पाते’ को गीत ‘छिटको गुन्यो…’ को नयाँ भर्सन सार्वजनिक

३, बैशाख २०७९

युके । नेपालको पहिलो तमू चलचित्र ‘पाते’मा समावेश भएको गीत ‘छिटको गुन्यो…’ को नयाँ भर्सन सार्वजनिक भएको छ। चलचित्रमै अभिनित नायिका सरु तमू रानाले गीतको नयाँ भर्सन सार्वजनिक गरेको हो।

गायक सागर आले र ताराको आवाजमा गरिएको रिमेक भर्सन हाल युकेमा रहेकी नायिकाले आफ्नो बुबाको स्मृतिमा लोकापर्ण गरेकी हुन् । नेपाली नयाँ वर्षको कोसेलीका रुपमा युट्युबमार्फत गीत सार्वजनिक गरेको नायिका सरु तमूले बताइन् ।

गीतको पुरानो भर्सनमा आशा उमा र कृष्ण तमूको आवाज थियो । रिमेक भर्सनमा सागर आले र तारा श्रीषमगरको स्वर छ गीतको शब्द गणेश तमूको हो । रिमेकमा पवन वांग लामाको संगीत संयोजन छ । नयाँ रिमेकको कथा, नृत्य तथा भिडियो निर्देशन सरुकै छ ।

विदेशमा रहे पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा सक्रिय सरुले योगदान दिंदै आएकी छन् । उनको यो नयाँ मेहनतको पनि नेपाल तथा विदेशका नेपालीले सराहना गरेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments