Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALबिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

बिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

बिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

नेपालदूत , पोखरा | चैत्र १८ गते २०७८

बैठकमा सांकेतिक रुपमा आफ्नो पुस्तक च्यातेर नष्ट गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले माफी माग्दै आफ्नै पुस्तक नष्ट गरेका छन् । बिखर्चीले २०७८ कात्तिकमा प्रकाशन गरेको ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक पुस्तकमा गुरुङ जातिको गलत इतिहास लेखिएको गुरुङ संघ, संस्थाको दाबी छ ।

पुस्तकमा उल्लिखित ‘गुरुङमध्ये उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जात भनेर चिनिन्छ । यिनी चार जाते हुन्’ सामाजिक सञ्जालमा बाहिरिएपछि बिखर्चीको चर्काे विरोध भएको थियो । अधिवक्ता मीन गुरुङले सामाजिक सञ्जालमा पुस्तक राख्दै त्यसको आलोचना गरेका थिए ।

कुलपति बिखर्चीले शुक्रबार गुरुङ संघ, संस्थाका अगुवाहरुको भेलामा उपस्थित भई आत्मालोचनासहित सांकेतिक रुपमा आफ्नै पुस्तक च्याते । उनले आफूले लेखेको कुरा सत्य नरहेको, त्यस्तो लेख्ने आफ्नो नियत नरहेको र आफूले त्यसमा विवेक पु¥याउन नसकेको भन्दै बैठकमा आत्मालोचना गरेका थिए । उनले बाँकी छापिएका पुस्तक र इलेक्ट्रोकिक कपीसमेत नष्ट गर्न प्रतिवद्धता गरेका छन् ।

यसअघि, गुरुङ जातिको इतिहासबारे गलत तथ्य लेखेको भन्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’लाई माफी माग्न र राजीनामा दिन अल्टिमेटम दिइएको थियो ।

२४ घण्टाभित्र बिखर्चीले भौतिक रुपमा उपस्थित भई तमू संघ, संस्थाका अगुवाबीच लिखित माफी माग्नुपर्ने र ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने संघ, संस्थाले अल्टिमेटम दिएका थिए ।

तोकिएको समयसिमाभित्र माफी मागी राजीनामा नदिएमा संघर्ष समितिको नेतृत्वमा गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिको कार्यालय घेराउ र तालाबन्दी गर्ने गुरुङ संघ, संस्थाले निर्णय गरेका थिए ।

शुक्रबारको बैठकको अध्यक्षा गरेकी गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले गुरुङ समुदायको आत्मसम्मानमा ठेस पु¥याउने र विखण्डन ल्याउने कुरामा कुलपतिले माफी मागेको बताइन् । उनले भनिन्, ‘गुरुङ समुदायका विभिन्न संघ, संस्थाका प्रतिनिधि र प्रमुखको भेलामा उहाँले माफी मागेर पुस्तक नष्ट गर्ने प्रतिबद्धता गर्नु भएको छ । अब फेरि अरु कुनै जातजातिको स्वाभिमानमा चोट पुग्ने यस्ता हर्कत नहुन् भन्ने हामी चाहन्छौं ।’

Photo Album

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments