अपाङ्गता भएका बाल बालिकाका अभिभावकलाई स्याहार सम्बन्धि तालीम शुभारम्भ
२०७९ जेठ २०गते |पोखरा । बौद्धिक अपाङ्गताका अभिभावक संघ, कास्कीको आयोजना तथा सामाजिक विकास कार्यालय, कास्कीको सहयोगमा गण्डकी प्रदेश ३ दिने “बौद्धिक अपाङ्गता भएका बाल बालिकाका अभिभावकलाई स्याहार सम्बन्धि तालीम” कार्यक्रमको शुभारम्भ भएको छ । आज गण्डकी प्रदेश अन्तर्गतका विभिन्न १० जिल्लाका अभिभावक तथा कास्की जिल्लाका ४ गाउँपालीका र १ महानगरपालीकाका अपाङ्गताका अभिभावकहरुलाई ३ दिने “बौद्धिक अपाङ्गता भएका बाल बालिकाका अभिभावकलाई स्याहार सम्बन्धि तालीम” शुभारम्भ भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन सत्र बौद्धिक अपाङ्गता भएका अभिभावक संघ, कास्कीका अध्यक्ष श्री राम नारायण श्रेष्ठको अध्यक्षता तथा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाका महाशाखा सामाजिक विकास महाशाखाका प्रमुख श्री जमुना पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यस्तै प्रमुख अतिथिय मन्तब्य राख्दै श्री जमुना पौडेल ज्यूले बौद्घिक अपा¨ताका अभिभावकहरु महान रहेको र उनीहरुले उच्च मनोबलका साथ आफ्ना छोरा छोरीको स्याहारमा लाग्नु पर्ने र स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारहरुबाट यस बर्गका आवश्यकता सम्बोधन गर्न विशेष ध्यानदिनु पर्ने कुरा औंल्याउँदै उक्त निकायहरुले यस तर्फ पहल गर्नु पर्ने भनाई राख्नु भएको थियो । यस कार्यक्रमको संचालन संस्थाका सचिव श्री कपिल प्रसाद अधिकारीले गर्नु भएको थियो ।
















