Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONबाजुङ्गको महिला(आमा) कृषक समुहलाई मिलन ट्रस्ट नेपालकी सम्रक्षक गुरुङले संगीत सामग्री वितरण

बाजुङ्गको महिला(आमा) कृषक समुहलाई मिलन ट्रस्ट नेपालकी सम्रक्षक गुरुङले संगीत सामग्री वितरण

बाजुङ्गको महिला(आमा) कृषक समुहलाई मिलन ट्रस्ट नेपालकी सम्रक्षक गुरुङले संगीत सामग्री वितरण
२०७७ चैत्र ८ | मणी सरब्ज तमु |
बाजुङ्ग | बाजुङ्गको महिला(आमा) समुहलाई मिलन ट्रस्ट नेपालकी सम्रक्षक श्रीमती सावित्री कुमारी गुरुङले संगीत सामग्री वितरण गरेको छ |

पर्बत मोदी गा.पा. वडा नं ५, बाजुङ मिलन प्रगतिशील महिला कृषक समूह फलाल्नेलाई श्रीमती सावित्री कुमारी गुरुङले संगीत सामग्री (म्युजिक एक सेट साउण्ड सिस्टम, २ वटा माइक, र २ वटा मादल) र मिलन फाउन्डेसन नेपालका हरेक वर्ष प्रकासित हुने १०० वटा भित्ते पात्रो(Calender) २०७८ समुहकि अध्यक्ष दुर्गा अधिकारीलाई वितरण गरिन |

कार्यक्रममा बाजुङ्ग मिलन बहुउद्देश्यीय महिला कृषक समुहकी अध्यक्ष बिष्णु माया अधिकारीलाई १००० वटा भित्ते पात्रो(Calender) २०७८ हस्तान्तरण गर्नु भयो ।

संगीत सामग्री बाँड्दै श्रमती गुरुङले भन्नु भयो, यस सामग्रीबाट बाजुङ्गको महिला(आमा) कृषक समुहले कृषी कार्य गरि थकान भएको बेला यो संगीत सामग्री बजाएर नृत्य गरि थकान मेट्ने छन् साथै विवाह, ब्रतबन्ध र अतिथी सत्कार गर्दा नृत्य एवं मनोरन्जन गरि आर्थिक सहयोग संकलन गर्ने छन् भन्नु भयो |

संगीत सामग्री र भित्ते पात्रो वितरण कार्यक्रम गर्ने सहज भुमिका बाजुङ शैक्षिक प्रतिष्ठान बाजुङका सचिव तथा मिलन बहुउद्देश्यीय महिला कृषक समुहका सल्लाहकार श्रि अम्बर बहादुर अधिकारी ले गर्नुभएको थियो ।

फोटो ग्यालेरी (Photo Gallery)

{AG}bajung-mahila-ama-samuha{/AG}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments