Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ...

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ समुदायको विरोध

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ समुदायको विरोध
तमु ह्युल छोंज धीं लगायत गुरुङ संघसंस्थाद्वारा उक्त पुस्तक जफत गरि कुलपति बिखर्चीलाई कारवाही गर्न माग

पोखरा, १६ चैत । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति, साहित्यकार सुर्य खड्का बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ मा गुरुङ समुदायको मान मर्दनमा आघात पुग्ने शब्द प्रयोग भएको प्रति गुरुङ समुदायले विरोध गरेको छ। केहि समय अघि प्रकाशन भै बजारमा आएको बिखर्चीको पुस्तकमा पृथ्वी सुब्बा गुरुङको बारेमा लेखिएको लेखमा ‘गुरुङ जातिहरुका मध्य उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जात भनेर चिनिन्छ, यीनी चार जाते हुन’ भनी उल्लेख गरिएको छ। सोहि बुदाँ प्रति गुरुङ समुदायले आपत्ति जनाएको हो।

उक्त कुराले गुरुङ समुदायमा आघात पुर्‍याउने काम भएको भन्दै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, गुरुङ साहित्यीक मञ्चले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो। साथै आजै पोखरामा क्रियासिल ७ वटा गुरुङ संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ। विज्ञप्तीमा बजारमा वितरण भएको पुस्तक तत्काल फिर्ता ल्याई नष्ट गरी, कुलपति बिखर्चीलाई कानुनी कारवाही गर्न माग गरिएको छ।
-संभार : इच्छाकामना न्युज १६, चैत्र २०७८

हेर्नुस् गुरुङ साहित्यिक मञ्चद्वारा जारी प्रेस विज्ञप्ती

हेर्नुस् विभिन्न ७ तमू संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ती

हेर्नुस् तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा जारी विज्ञप्ती

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments