Homeसमाचार | NEWSनेपाल | NEPALस्व. गुरुङको स्मृतिमा अक्षयकोष स्थापना

स्व. गुरुङको स्मृतिमा अक्षयकोष स्थापना

स्व. क्या. गुरुङको स्मृतिमा अक्षयकोष स्थापना
कार्तिक २२ गते, पोखरा
पोखरा रामघाट स्थित बौद्ध अर्घौ सदनमा भएको स्व. क्या. नैन बहादुर गुरुङको पहिलो बार्षिक पुण्य तिथिमा तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई उहाँको परिवारद्वारा १ जना तमु विद्यार्थीलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ ।

स्वर्गिय गुरुङका धर्मपत्नी माया कुमारी गुरुङ र नन्दकुमारी गुरुङ सहित सम्पूर्ण परिवारजनबाट प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमु  र कोषाध्यक्ष कौशिला तमुलाई संयुक्त रुपमा रु. १,२५,०००।– (अक्षरुपी एक लाख पच्चीस हजार रुपैंया) हस्तान्तरण गर्नु भयो ।

उक्त अवसरमा आटीघर स्थित श्री सीता आधारभूत विद्यालयलाई पनि स्व. गुरुङको परिवारतर्फबाट रु. ५०,०००।– (अक्षरुपी पच्चीस हजार रुपैंया) हस्तान्तरण गर्नु भयो । आटीघर पैंगीलामा समाजको अध्यक्ष रही नेतृत्व गर्नु भएका स्व. गुरुङ ९० वर्षको उमेरमा गत वर्ष दिवंगत हुनु भएका थियो ।

स्व. गुरुङको स्मृतिमा शिक्षा क्षेत्रमा आर्थिक सहयोग गर्ने इच्छा रहेको उहाँको पारिवारले जानकारी दियो ।
प्रतिष्ठानका संस्थापक सदस्य तथा सल्लाहकार तेजबहादुर गुरुङ, अध्यक्ष चित्रबहादुर गुरुङ, स्व. गुरुङकी जेठी छोरी नानु गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्व. गुरुङका परिवारसका  र प्रतिष्ठानका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments