Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकञ्चनजङ्घा स्कुलले आफ्नो बाइसौँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

कञ्चनजङ्घा स्कुलले आफ्नो बाइसौँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

कञ्चनजङ्घा स्कुलले आफ्नो बाइसौँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

२५ चैत्र | पोखरा |कञ्चनजङ्घा स्कुलले आफ्नो बाइसौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। यो वार्षिकोत्सव २५ चैत्रमा पोखरा महानगरपालिका -११ फुलबारीमा भएको थियो।

कार्यक्रममा कक्षा ९ की विद्यार्थी जोस्ना गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। प्रमुख अतिथि रुद्रकुमारी गुरुङ “मैना” ले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। विद्यालयमा सञ्चालित विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप र खेलकुदमा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। उत्कृष्ट अनुशासित र सरसफाइ भएका विद्यार्थीहरूलाई पनि पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो।

शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका विद्यार्थीहरू र विभिन्न तहमा सर्वोत्कृट हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। यस उत्सवमा कक्षा नर्सरीदेखि यु.के.जी. सम्म गर्ने कक्षाको अस्विन कार्की, कक्षा एकदेखि पाँचसम्मका विभिन्न विद्यार्थीहरू र कक्षा छ देखि दशसम्मका रिनाशा शर्मालाई पनि पुरस्कृत गरिएको थियो।

दिपक सारु मगरले अभिभावकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो। उनले विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिनुको साथै आगामी दिनमा विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास हुने खालमा कार्यक्रमलाई विशेष जोड गर्ने सल्लाह दिएका थिए।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले वार्षिक प्रतिवेदन पेस गर्नुको साथै विद्यालयले हरेक दुई वर्षमा आयोजना गर्दै आएको KEBS कपको बचत रकमको अक्ष्यकोष खडा गरेर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको कुरा पनि जानकारी गराएका थिए।

प्रमुख अतिथि गुरुङले मन्तव्य व्यक्त गर्दै पछिल्लो समयमा निजी विद्यालयहरूलाई झनै चुनौती थपिँदै आइरहेको नेपाली शिक्षा संस्थानहरूको तर्फ विशेष ध्यान दिनुपर्ने कुरा पनि जोड गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकार ज्योति लोहनीको सांगितिक प्रस्तुति रहेको थियो। विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments