Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

तमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

तमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न
१२ बैशाख २०८१ पोखरा ।
तमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन आज बैशाख १२ गते पोखरा-११ रानीपौवा शक्तिघाट स्थित रहेको तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवनको सभाहलमा सम्पन्न भएको छ ।
तमु प्ये ल्हु संघ, केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक महेन्द्र जंग टुक्ल्हेप्री तमुको संयोजकत्वमा, गण्डकी प्रदेश तदर्थ समितिका प्रथम उपाध्यक्ष कुल प्रसाद सर्बुजा तमुको अध्यक्षता र केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन भएको हो ।
आज आयोजित गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनमा ८ वटा जिल्लाहरु कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ, गोरखा, लमजुङ र नवलपुरले प्रतिनिधित्व गर्दै अधिवेशनमा भाग लिएका थिए ।
कानुनी सल्लाहकार एवम् अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता जुना गुरुङले सहमतीय प्रक्रियाबाट प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय नयाँ कार्यसमितिको फ्रेमिङ अनुसार अध्यक्षमा कुल प्रसाद सर्बुजा तमु (स्याङ्जा), प्रथम उपाध्यक्षमा जस बहादुर प्हच्यु तमु (तनहुँ), द्दितीय उपाध्यक्ष पदमा कार्यसमितिले पछि मनोनीत गर्न पाउने व्यवस्थासँगै हाललाई उक्त पद खाली रहेको बताएको छ ।
यसैगरी सचिवमा टस बहादुर क्रोम्छें तमु (लमजुङ), कोषाध्यक्षमा मनलाल सर्बुजा तमु (मणी) (कास्की), सहसचिवमा रोजिना पैंगीलम तमु (गोरखा) र सहकोषाध्यक्षमा सु. याम बहादुर च्हम्रु तमु (पर्वत) रहेका छन । भने सदस्यहरुमा उद्ध सिङ तमु (नवलपुर), हरि कुमारी च्हम्रु तमु (पर्वत), रविन तमु (गोरखा) र प्रसाद तमु (गोरखा) रहेका छन् ।
नयाँ कार्यसमितिका अध्यक्ष, लगायत पदाधिकारीहरु र सदस्यहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश संयोजक महेन्द्र जंग टुक्ल्हेप्री तमुले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रमको औपचारिक सञ्चालन केन्द्रीय महासचिव हर्क बहादुर योज तमुले गरेको थियो भने खुशी टुक्ल्हेप्री तमुले स्वागत गरेकी थिइन ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments