नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन अन्तिम चरणमा पुगेको, शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । भदौ महिनाको २८ र २९ गते हुन गइरहेको सम्मेलन सफलताका साथ समापन गर्नका लागि १२ वटा उपसमिति गठन गरीएको संयोजक बेद बहादुर गुरुङले जानकारी दिनुभयो ।
सम्मेलनमा मुलुकको ५० र १६ वटा तमु संघ संस्थाबाट ६ सय ५० जना प्रतिनिधीहरुको सहभागिता हुनेछ । गुरुङका अनुशार २८ गते विहान ११ बजे, पोखरा चिप्लेढुङगा स्थित मानव अधिकारचोकदेखि मौलिक भेषभुषा, झाँकीसहित -यालीको आयोजना गरिएको छ । -याली पोखराका सभागृह हलमा पुगी कार्यक्रममा परिणत हुने, संयोजक गुरुङले बताउनुभयो । कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा (एमालेका) अध्यक्ष केपी शार्मा ओलीले गर्नुहुनेछ ।