Homeसमाचार | NEWSविश्व | WORLDबेलायतका नयाँ राजा चार्ल्सलाई राजगद्दी हस्तान्तरण…

बेलायतका नयाँ राजा चार्ल्सलाई राजगद्दी हस्तान्तरण…

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बन्नुभएको छ। उहाँलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ।

महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो ।

उहाँले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चार्ल्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चार्ल्सलाई नै सुम्पिइएको छ।

राजमुकुट पहिर्याएर औपचारिक राजा घोषणा गर्ने कार्य केही समयपश्चात् हुने बेलायतको बकिङ्घम राजदरबारले जनाएको छ। उहाँकी आमा महारानी एलिजाबेथ द्वितीयाले आफ्ना बुबाको निधनपश्चात् सन् १९५२ मा बेलायतको राजगद्दी सम्हाल्नुभएको थियो। पनाति पुस्तासँग साक्षात्कार गर्दै ९६ वर्षमा महारानीको निधन बिहीबार भएको थियो। एजेन्सी

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments