Sunday, May 29, 2022
Google search engine
Homeसाहित्य | LITERATUREसर्जक सुक गुरुङ दोष कसैलाई नदिई आँसु पिउदै बिदा भए

सर्जक सुक गुरुङ दोष कसैलाई नदिई आँसु पिउदै बिदा भए

पोखरा : अरुण थापाले गाएको एउटा चर्चित गीत छ-दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु। यो गीतका सर्जक सुक गुरुङ हुन्। जीवनको उत्तराद्र्धमा रोगव्याधिसँगै लड्दैपड्दै गरेका सुकले राज्यसँग कुनै अपेक्षा गरेनन्। आफ्नो जीवनका दुखको पहाडको दोष अरु कसैलाई दिएनन्।

मिर्गाैलाको रोगले थलिएर राम्रो उपचार गर्न सकेनन्। उच्च रक्तचाप, मधुमेहसँग पनि दिनदिनै लडिरहे। आँखाको दृष्टि पनि गुमाए। अन्ततः दोष कसैलाई नदिई आइतबार उनले संसार त्यागेका छन्। 

चर्चित सांगीतिक समूह नेपथ्यको चर्चित गीत छेक्यो छेक्यो देउराली डाँडा लगायत गीतका सर्जक उनै सुक हुन्। त्यही गीतले नेपथ्यलाई सांगीतिक फाँटामा चम्काएको थियो। २०२२ सालमा चितवनमा जन्मिएका सुकको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भयो। पोखरा २७ डाँडाकोनाकस्थित आफ्नै घरमा बस्दै आएका उनलाई उपचारका लागि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

गीतकार गुरुङको आइतबार नै पोखराको सेतीनदीस्थित रिठेपानी घाटमा गुरुङ संस्कार अनुसार दाहसंस्कार गरिएको छ। हिमाल सांस्कृतिक परिवारका पूर्वअध्यक्ष मेनकाजी गुरुङ सुकको निधनबाट नेपाली लोकाधुनिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। 

गीतकार गुरुङलाई मिर्गाैला, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या थियो। आँखैमा झलझली…गीतका यी गीतकारले मधुमेहकै कारण केही वर्षयता आँखाको दृष्टि क्षमता गुमाएका थिए। सयौं गीतका सर्जक सुक गुरुङको उपचार सहयोगार्थ अभियानसमेत चलाइएको थियो। राजु लामाले गाएको चर्चित गीत ‘भाइटीकामा भेट्न आऊँला’ पनि यिनै सुक गुरुङले रचना गरेका हुन्। 

२०३५ सालदेखि पोखरा रामबजारको भन्ज्याङ झंकार परिवारमा आवद्ध भई कला क्षेत्रमा होमिएका सुकका ‘इशारा भाग १ देखि ३सहित निवेदन, सूचना, विरानो माया गरी ११ सांगीतिक एल्वम बजारमा आएका छन्। उनका गीत, कविता र मुक्तक समेटिएको पुस्तक ‘ए मेरा अन्तरवेदना’ पनि प्रकाशित छ। 

सुकको निधनप्रति नेपथ्यका गायक अमृत गुरुङले फेसबुकमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले सुकसँग हालैको अन्तिम भेट पनि सम्झेका छन्। ‘अगस्ट २६, २०१९ मा गीतकार, संगीतकार सुक गुरुङसँग भेट्न संगीतकार विक्रम गुरुङ दाइ र म उनको घर पुगेका थियौं’, अमृतले उल्लेख गरेका छन्, ‘ त्यो नै हाम्रो अन्तिम भेट लेखिएको रहेछ। सुकजीले नेपथ्यको प्रारम्भकालमा हामीलाई ‘छेक्यो छेक्यो’ गीत गाउन दिएर हामीलाई ठूलो गुन लगाएका थिए। उनको मृत्युको खबरले म दुखी छु।’ 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments