Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपुस १५ गते तमु ल्होसारमा सार्वजनिक विदाको माग गर्दै पोखरामा प्रदर्शन गरि...

पुस १५ गते तमु ल्होसारमा सार्वजनिक विदाको माग गर्दै पोखरामा प्रदर्शन गरि मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाए

पोखरा, ६ पुस/तमुहरुको महान पर्व पुस १५ गते तमु ल्होसारमा सार्वजनिक विदाको माग गर्दै आइतवार पोखरामा मानव साङ्लो प्रदर्शन गरिएको छ।

  

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले सातै प्रदेशमा ल्होसारमा सार्वजनिक विदाको माग गर्न दवाव स्वरुप मानव साङ्लो प्रदर्शन गर्ने निर्णय बमोजिमा गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा मानव साङ्लो प्रदर्शन, कोणसभा सम्पन्न गरि माननीय मुख्य मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाए ।

मानव साङ्लोले पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म पुस १५ गते ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, धर्मनिरपेक्षता व्यवहारमा कार्यन्वयन गर्नुपर्ने, सबै जातिको भाषा धर्म सँस्कृतिको सम्मान गरिनुपर्ने लगायतका प्लेकार्डसहित सहभागी भएका थिए। कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, पर्वत, नवलपुर, म्याग्दी, बाग्लुङ जिल्लाबाट तमुहरु पोखरामा आयोजित प्रदर्शनमा सहभागी बनेका थिए।

मानव साङ्लो प्रर्दशन पश्चात पोखराको चिप्लेढुंगा विपी चोकाम आयोजित कोणसभामा बोल्ने वक्ताहरुले तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङले राष्ट्रिय पर्व तमु ल्होसार पुस १५ मा दिइएको सार्वजनिक बिदा कटौती गरेर तमुहरुको माथि सरकारले साँस्कृतिक दमन गरेको बताउनुभयो।ल्होसारमा गण्डकी प्रदेशमा मात्रै विदा हामीले खोजेको होइन, सार्वजनिक विदान आवाश्क छ भन्दै उहाँले होइन भने कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले मुलुक संघीयतामा गए पनि अझै पनि एक राज्य सत्ता सञ्चालन भईरहेकाले प्राप्त ल्होसार विदा कटौतीका साथै अधिकारहरु खोसिदै गएको बताउनुभयो। अधिकारका लागि तमु एकता र सचेतता जरुरी छ भन्नुहुदै मेचीदेखि महाकालीसम्मका तमुहरुले ल्होसारमा विदा किन नपाउने प्रश्न गर्नुभयो। जातिकै आधारमा एकलवादी सत्तासीनहरुले बिदा पाउने हामी तमुहरु दोश्रो दर्जाका हौं कि सौतेलो हो भनि प्रश्न गर्नुहुदै अधिकारका लागि एकतावद्ध आन्दोलन आवाश्यक रहेको बताउनुभयो।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकीका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कोणसभाको संचालन सचिव जिवन गुरुङले गर्नुभएको थियो।

   

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments