Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALअम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको अक्षयकोष स्थापना गर्न पोखरेली मञ्च युकेको सहयोग

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको अक्षयकोष स्थापना गर्न पोखरेली मञ्च युकेको सहयोग

५ पुस, पोखरा । गीतकार तथा संगीतकार विक्रम गुरुङले सेप्टेम्बर १६ मा एकल गायनमा पलेटी कसे । उनले सांगीतिक जीवनमा थोरै गीत लेखे र संगीत भरे तर यो पहिलो एकल सांगीतिक कार्यक्रम थियो । ‘मेरो संगीत यात्रा’ नाम दिइएको कार्यक्रमबाट बचेको पैसा गुरुङले स्वर्गीय अम्बर गुरुङप्रति समर्पण गरे ।

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको अक्षयकोष स्थापना गर्न विक्रमले आफ्नै मातृसंस्था पोखरेली युवा सांस्कृतिक परिवारलाई रोजे । राष्ट्रिय गानका संगीतकार समेत रहेका अम्बरका नाममा देशकै ठूलो राशिको पुरस्कारको कोष खडा गर्ने अभियान परिवारले थालेको छ । त्यही अभियानको सुरुवात गर्दै विक्रमले आफ्नो एकल सांगीतिक कार्यक्रममा उठेको ५ लाखमा १ लाख रुपैयाँ थपेर कोष खडा गरेका छन् । कोषमा शनिबार फेरि अर्को इट्टा थपिएको छ । कोष खडा गर्ने अभियानमा जोडिएको छ, पोखरेली मञ्च युके र माध्यम बने परिवारका संस्थापन तथा साहित्यकार सरुभक्त ।

    
‘सिर्जनाको घेराभित्र सरुभक्त’ नाम दिएर २३ कात्तिकमा बेलायतमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको संयोजक थिए, पोखरेली युवा सांस्कृतिक परिवारकै पूर्व सदस्य लालप्रसाद गुरुङ र सुधा गुरुङ । नवीनतम उपन्यास प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकापर्णसँगै सरुभक्तले साहित्यिक यात्राका अनुभव, अनुभूति, कविता, गजल, मुक्तक सुनाएका थिए । कार्यक्रमबाट बचेको साढे २ लाख रुपैयाँ शिनबार कार्यक्रम संयोजक लालप्रसाद र सुधाले परिवारलाई हस्तान्तरण गरेका हुन् । उनीहरुले परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई रकम हस्तान्तरण गरे ।

यो रकम नेपाली गीतसंगीतका मुर्धन्य व्यक्ति अम्बर गुरुङ नाममा स्थापित पुरस्कारका निम्ति हस्तान्तरण हुनु अर्को ऐतिहासिक कार्यक्रम भएको सरुभक्तले सुनाए ।

कलाकार, खेलाडी लगायतलाई बेलायत बोलाएर विभिन्न कार्यक्रम गर्दै आएको पोखरेली मञ्च युकेले यसपटक साहित्यकारलाई फरक खालको कार्यक्रम भएको संयोजक लालप्रसादले बताए । कार्यक्रममार्फत अम्बर गुरुङका नाममा स्थापना भइरहेको पुरस्कारको कोषमा एउटा इट्टा थप्ने काम गरेको उनले सुनाए ।

परिवारका संस्थापक तथा साहित्यकार तीर्थ श्रेष्ठले पोखरामा अम्बर गुरुङका नाममा देशकै ठूलो पुरस्कार राशिको राष्ट्रिय पुरस्कार स्थापना गर्ने अभियानमा लागेको बताए । ‘अम्बर गुरुङको सम्मानमा स्थापना हुने पुरस्कारले नेपाली गीत संगीतमा योगदान गरेका विशिष्ठ व्यक्तिहरुलाई पुरस्कृत गयिरने छ,’ तीर्थले भने, ‘अहिलेसम्म कोषमा साढे ८ लाख रुपैयाँ जम्मा भइसकेको छ र २० लाख रुपैयाँको कोष बनाएर ठूलो राशीको पुरस्कार प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

कोष स्थापना गरी हरेक वर्ष वा २ वर्षको बीचमा कम्तिमा २ देखि ३ लाख रुपैयाँसम्मको पुरस्कार दिने गरी कार्यविधि बनाउन लागेको संस्थाले जानकारी दिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments