Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNएनआरएन मकाउको अध्यक्षमा गुरुङ

एनआरएन मकाउको अध्यक्षमा गुरुङ

मकाउ। गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ विजयी भएका छन् ।

एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्।

महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तैगरी युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका छन् ।

नव निर्वाचित अध्यक्ष गुरुङ कास्कीको सातमुहाने देउरालीका स्थायी बासिन्दा हुन भने तमू समाज समाज मकाउको स्थापनाकालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments