मारक्यु हेर्न ओइरिए तमुहरु काठमाडौंमा
मणि सरब्ज तमु, काठमाडौं।
शुक्रबार काठमाडौंको जमाल स्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) मा तमु चलचित्र मारक्यु(सुनपानी/Gold Water) को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंमा अत्याधिक दर्शकाे उपस्थीतिमा चलचित्र शाे सम्पन्न भएकाे छ ।
पाचोक नौथर तमु समाजका अध्यक्ष कुमराज तमुको अध्यक्षतामा भएको चलचित्र शोको प्रमुख अतिथि तमु ह्युला छोंजा धिं गुरुङ राष्ट्रिय परिषादका अध्यक्ष रेशम प्हच्यु तमु, कार्यक्रम संयोजक चन्द्र तमु र सञ्चालन गौचन तमुले गर्नुभयो ।
चलचित्रको आयोजक पाचोक नौथर तमु समाज र मिलीजुली तमु समाज, आंधीखोला तमु समाज, राजधानी तमु समाज, तमु प्ये ल्हु संघ काठमाडौं, प्रेताना तमु समाज, सात मुहाने तमु समाज, तमु कलाकार संघ नेपाल लगायतको सहायोगमा प्रदर्शन सम्पन्न भएको हो ।
चलचित्रकी नायिका, निर्माता एव सह-निर्दशक खुशी टु क्ल्हेप्री तमुस्यो सहयोगी संघ संस्थाका पदाधिकारी, सदस्यहरु र दर्शकहरुलाई मारक्यु चलचित्र हेर्न आउनुभएकोमा व्यक्तिगत एवं मारक्यु युनिटको तर्फबाट धन्यवाद दिदै स्वागत मन्तब्य दिनुभयो |
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, संघ संस्था र समाजका अध्यक्षहरुले तमु भाषा, मौलिक धर्म संस्कार, संस्कृति, रितिरिवाज र परम्पराको सम्रक्षण, सम्बर्द्धन, प्रचारप्रसार गर्नको लागि तमु चलचित्रले धेरै सहयोग गर्दछ र हामीले यस्ता चलचित्रहरु धेरै भन्दा धेरै बनाउनु पर्ने बताउनु भयो |
चलचित्र शो कै कार्यक्रममा सास्कृतिक प्रस्तुतीको रुपमा पाचोक नौ थर लम्जुङ तमु समाजका युवा समुहले लोक नृत्य र मिलिजुली आमा समूहले मौलिक घाँटु नृत्य प्रस्तुत गरेको थियो |
चलचित्र प्रदर्शन पछि धेरै दर्शकले राम्रो बनेको प्रतिकृया दिए भने केहिले फेरीपनि प्रदर्शन भएमा हेर्ने चाहना भएको समेत बताए ।
तमु (गुरुङ) जातीको संस्कार र संस्कृतिमा आधारीत यस लचित्र क्लाईम्याक्स आर्टको व्यानरमा सुवाष गुरुङको लेखन, दिनेश गुरुङ निर्देशन र खुशी गुरुङको सह निर्देशन रहेको चलचित्र मारक्यु को निर्माताहरु चन्द्र गुरुङ, नवराज घले, सुर्य घले, राकेश गुरुङ, नन्द बहादुर गुरुङ, कालु गुरुङ, दबि राम गुरुङ र केश गुरुङ रहेको छ । भने कलाकारहरु लोटस गुरुङ, रोश्नी गुरुङ, रविन गुरुङ, दुर माया घले, सङ्ग्राम गुरुङ, प्रतिमा प्हच्यु गुरुङ, खुशी गुरुङ, अस्मिता गुरुङ, पर्शु राम गुरुङ, ल्होस्यो सीमा पाते, आकाश प्हच्यु तमु, केश कुमारी गुरुङ (अश्मी) लगायतकाे अभिनय रहेकाे छ ।
चलचित्र मारक्यु अक्टोबर २७ तारिख हंगकंगमा शो हुन लागेकोले सम्पुर्ण हंगकंगबासी तमुहरुलाई चलचित्र हेर्न उपस्थीतीको लागि आयोजकले सोही कार्यक्रम मार्फत निमन्त्रणा समेत गरेको छ ।