हङकङमा गुरुङ फिल्म “सिमि नासा(पितृ लोक)” भव्यरूपमा प्रदर्शन ।
मणी सरब्ज तमु, १४ सेप्टेम्बर २०१९ हंगकंग, यौ मा ताई
प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष, सल्लाहकार एवं तमु प्ये क्ष्या सङ्कलन लेखन संयोजक तमु सांस्कृतिविद ले. इन्द्रबहादुर केप्छे तमुको प्रमुख आतिथ्य एवं तमु प्ये ल्हु संघ हंगकंगका अध्यक्ष मानबहादुर क्रोम्छे तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ हङकङको आयोजनामा १४ सेप्टेम्बरका दिन याउमे ताई कम्युनिटी हलमा गुरुङ फिल्म “सिमि नासा(पितृ लोक)” भव्यरूपमा प्रदर्शन भएको छ ।
तमु फिल्मस् प्रा.लि. पोखराको व्यानरमा निर्मित उक्त चलचित्रले गुरुङहरुको हजारौं वर्ष पुरानो मौलिक तमु(गुरुङ) बोन धर्मको प्ये (शास्त्र )क्ष्या संस्कार सांस्कृतिमा आधारित सिमि नासा (पितृ लोक) पृथक धारको चलचित्र रहेको छ।
चलचित्रमा विशेष गरि मान्छेको भौतिक शरिर मरेर गए पनि उसको आत्मा कहिल्यै मर्दैन भन्ने तमु समुदायमा विद्यमान विश्वासलाई कलात्मक ढंगले प्रस्तुत गरेकोछ । मौलिक परम्परागत संस्कार सँस्कृतिलाई वेवास्ता गर्दा भोग्नु पर्ने समस्या र त्यस समस्याले निम्त्याउने भयवह स्थिति आदीको बारेमा केलाएर देखाउने प्रयास गरेको छ । अर्घुम गरे के हुन्छ ? नगरे के हुन्छ ? मरेपछि कस्तो ठाऊँमा पुगिन्छ ? दाज्युभाईहरुको महत्व, समाजको महत्व, वायो पुजाको महत्व समेटिएको छ । हङकङका दर्शकहरूले फिल्म हेर्दाहेर्दै भावबिहाल बाएर आँशु झारेका पनि थिए |
चलचित्र गुरुङहरूको वास्तविक जिवनि संग मिल्दो कथा बस्तु विशेस गरि नयाँ गुरुङ युवा वर्गले हेर्नु पर्ने सिमि नासा फिल्म रहेको, आज सम्म हंगकंगमा प्रदर्शन भएको तमु(गुरुङ)चलचित्र मध्ये यो चलचित्र अति राम्रो, सन्देशमुलक रहेको राम्रो प्रतिक्रिया दिएका थियो ।
फिल्म प्रदर्शनको औपचारिक कार्यक्रममा विशेष अतिथिहरुमा लेखक तथा निर्माता एवं सह-निर्देशक ई. रोशन गुरुङ लगायत हङकङका गुरुङका अतिथिहरू, मिलान डी जी इन्टर नेसनल प्रा.लि. एवं पर्बत हंगकंग मंचका अध्यक्ष एव मिलन वल्ड न्युज(milanworld.news)का अध्यक्ष दुर्गा गुरुङ मिलन, हङकङ निर्माता मेनुका गुरुङ र बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थिए।
यस “सिमि नासा” फिल्मलाई छायांकन : पुष्कर थापा/गोपि गुरुङ /गंगा को गुरुङ, सम्पादन : छवि राना मगर, पोष्ट : म्याक्सन फोर डि.स्टुडियो पोखरा, निर्देशन : करण गुरुङ “गोरा”, लेखक: ई.राेशन गुरुङ, परिकल्पना : गंगा को गुरुङ, निर्माताहरू : सबिता गुरुङ(इजराल), भावना पाल्चे गुरुङ, भेगलाल गुरुङ(युके), मेनुका गुरुङ(हङकङ), बुद्धि प्रसाद गुरुङ नन्द ब गुरुङ(NB) अमेरिका, ई.रोशन गुरुङ गंगा को गुरुङ,करण गुरुङ (गोरा) रहेको छ।
तमु प्ये ल्हु संघ हंगकंगको आयोजनामा भएको कार्यक्रम सचिव भोजेन्द्र तमुले संचालन गरेका थिए|
फोटो एल्बम : फोटो JPThk.com
{vsig}photos/siminasa-film-hk/{/vsig}