Google search engine
Homeस्वास्थ्य | HEALTHमहामारीकाे ईतिहासमा आईसाेलेसन र क्वारेन्टाइन : मिश्रा गुरुङ

महामारीकाे ईतिहासमा आईसाेलेसन र क्वारेन्टाइन : मिश्रा गुरुङ

समयकाे रफ्तारले एक्काईसौं शताब्दिकाे लग भग एक चाैथाई हिस्सा पार गर्दा नगर्दै कोरोना भाइरस ( काेभिड १९) ले बिश्वभर तबाही मच्चाइरहेकाे छ । याे त्रासद र भयावह स्थितिले विश्व मानव समुदायलाई नै ससंकित र त्राहीमाम् तुल्याएकाे छ ।

गत डिसेम्वर देखी चीनको वुहानबाट सुरु भएर विश्वभरि नै फैलिएको अजिव काेराेना भाइरसले आज सम्म ३९ हजार ४६ जना मानिसकाे ज्यान लिइसकेकाे छ भने ८ लाख ०३ हजार ५ सय ४७ जना बढीमा यस्काे संक्रमण देखिएकाे छ । बिश्व स्वस्थ्य संगठनले स्वस्थ्य संकटकाल घाेषणा गरेकाे छ ।

संसारकाे अधिकांश देशहरुमा प्रवेश गरिसकेकाे कोरोना भाइरसको माहामारीले मानविय क्षती मात्र नभई विश्वको अर्थतन्त्रलाई नै धराशायी पार्ने देखिन्छ ।

अहिले बिश्वका शक्तिशाली र बिकसित मुलुकहरु काेराेना भाइरसकाे भिषण र कहाली लाग्दाे कहर झेलीरहेका छन् । चिन पछि इटाली र स्पेन हुदै अमेरिकामा काेराेना भाइरसबाट संक्रमितहरुकाे संख्या उच्च दरमा बृद्धि हुदै गरेकाे देखिन्छ भने मानव मृत्युदर पनि दिनदिनै बृद्धि भैरहेकाे छ ।मानाै काेराेनाले मानव प्राणकाे हाेली खेलिरहेकाे छ । याे बिषम परिस्थितिकाे सामना गर्न चाइना इटाली ,स्पेन ,लगायत राष्ट्रहरु पुरै क्वारेन्टाइनमा छ । दिन दुई गुना रात चारगुणा बिनासकारी महामारीकाे त्रासदपुर्ण चपेटा बिश्व फस्दै गैरहेकाे छ ।

चिनले पुरा २ महिना सिंगाे देश लकडाउन गर्याे । इटाली ,स्पेन नेपाल ,भारत ,लगायत केही देशका सरकारहरुले देशब्यापी रुपमा लकडाउनकाे घाेषणा गरेकाे छ ।विवशताले मुलुकबाट बाहिरिन बाध्य भएका सयाैं नेपाली नागरिकहरु यतिबेला बाेर्डरमा अलपत्र परेकाे समाचारहरु आईरहेकाे छ । याे बिनासकारी महामारीबाट बच्न सिंगाे देश यतिबेला क्वारेन्टाइनमा छ तर बिश्वकाे ईतिहास पल्टाएर हेर्दा क्वारेन्टाइन र बिनासकारी महामारी भने याे पहिलाे हाेइन । मानव सभ्यताले याे भन्दा भिषण र दर्दनाक महामारीहरुकाे सामना गरीसकेकाे तथ्यहरु भेटिन्छ । ती कतिपय अभिलिखित पनि छन् कतिपय अलिखित छन् । तर जति अभिलिखित छन् तिनकाे अध्ययन मात्रले पनि सिंगै आत्मा आतङ्कित हुन्छ र त्यस्ताे महामारी बिश्वले कसरी झेल्याे हाेला भनेर कल्पना सम्म पनि गर्न पनि कठिन हुन्छ । यसबाट बच्न र बचाउन सरकारबाट आम नागरिकहरुलाई बिभिन्न उपायहरु ( जस्तै बेला बेला हात साबुन पानिले हात धुने , माक्स र पन्जा लगाउने, भिडभाडमा नजाने ,कुनै उत्सव सभा सम्मेलन नगर्ने ) अबलम्वन् गराइदैछ र आफु र आफ्नाे परिवार , समाज र राष्ट्रलाई जाेगाउन हाेम क्वारेन्टाइनमा बस्ने निर्देशन जारी गरेका छ । त्यसलाई सफल पार्न सिंगाे मुलुक लकडाउन गरिएकाे छ ।

उग्र रुपमा संक्रमण फैलिएकाे मुलुकहरुका अधिकांश स्वस्थ्यकर्मीहरु बिश्वयुद्ध भन्दा भयंकर यस महामारीसँगकाे युद्धमा ज्यानकाे बाजी लगाएर हाेमिएका छन् । कति डाक्टर नर्सहरुले कर्तब्य निभाउने क्रममा जीवनकाे बलिदान चढाएकाछन् । संचार माध्यमहरुले रातदिन नभनि जनमानसलाई काेभिड 19 काे तहल्काकाे डेल्ली अपडेटका साथै चेतना र सुचनाहरु प्रभाह गर्ने र गराउने क्रम जारी छ ।

बिभिन्न देशका राष्ट्र प्रमुखहरु काेराेनासँगकाे लडाईमा बिजय प्राप्त गर्न बेला बेला बिशेष सन्देशहरु प्रवाह गरिरहेकाछन् । वास्तवमा भयानक भाइरससँगकाे याे ऐतिहासिक लडाईमा सबै देशहरु फुटेर हाेइन जुटेर अघि बढ्नु पर्छ भन्ने पाठ समयले यति बेला सारा जगतलाई पढाएकाे आभास हुन्छ ।
महामारीबाट बच्ने प्राचिन र उत्तम उपायहरु मध्ये एक बिकल्पकाे रुपमा क्वारेन्टाइनकाे ईतिहासहरु पनि महमारी सँगसँगै जाेडिएर आएकाे पाइन्छ ।

अहिले नेपाल लगायत बिभिन्न राष्ट्रहरुमा याे बिकराल महामारीबाट जाेगिन र जाेगाउन बिभिन्न अस्पताल , बिद्यालय, शैनिक क्याम्प लगायत सरकारी भवनहरुमा उपलब्ध भए सम्मका भाैतिक पुर्वाधार सहित बेडहरु जुटाएर क्वारेन्टाइनस्थलहरुकाे ब्यावस्था गर्न स्थानिय तथा केन्द्रिय सरकार युद्धस्तरमा लागी परेकाे छ । वास्तवमा समयकाे बिभिन्न कालखण्डहरुमा मानव विनाश गरी बिश्व विध्वंसकाे पराकास्टा चखाउने उग्र महामारीमा क्वारेन्टाइन एउटा उत्तम र भराेसामन्द उपाय साबित भएकाे ईतिहासहरु छन् । जस्लाई हाम्रै गाँउ समाजमा उपयाेगमा ल्याएकाे कुराहरु अग्रजहरुबाट सुन्दै आएका छाै ।

बिगतमा नेपालमा पनि क्वारेन्टाइन र आइसाेलेसनकाे बिभिन्न स्वरुप प्रयाेग भए गरेकाे थियाे भन्ने प्रसंगमा सानाे किस्सा म यहाँ उल्लेख गर्न चाहान्छु ।

आज भन्दा लगभग १६ ,१७ बर्ष अगाडीकाे कुरा हाे तराई ( ईटहरी ) मेराे लागी नाैलाे भूमि थियाे ।जँहा बसाेबास गर्न थालेकाे धेरै भएकाे थिएन । तर यँहाकाे हरेक परिवेश र पर्यावरण मेराे लागी नविन र काैतुहलजनक हुन्थे ।हाम्राे घरकाे बाटाे भएर हिड्ने हरेक मान्छेहरु मेराे लागी नाैलाे र अपरिचित हुन्थे । काेही त्यही बाटाे दिनहु हिड्थे काेही एक दुई पल्ट हिडेर कहाँ हराउथे मलाई थाहा हुदैन थियाे ।

यी मध्ये एक जना लगभग सत्तरी पार गरेकाे
सुकिलाे बृद्ध बैसाख महिनामा छाता ओढेर दिनहु जस्ताे त्याे बाटाे हिड्थे । ऊनि कता हिडेका हुन् किन हिडेका हुन् जान्ने उत्सुकता हुन्थ्याे तर मैले बाेलाउने आँट गर्न सक्दिनथेँ । एक दिन हाम्राे घरकाे पेटीमा बसेर थकाई मारे । पानी मागेर खाए । शुरुमा ति हजुरबाले नै पहाड कता हाे नानी भनेर साेध्नु भयाे । मैले सबै बताएँ । सबै कुरा सुने पछि ति हजुरबाले भन्नु भयाे तिमि त देवीथानकाे माजान बुडाकाे नातिनी रछाै उनि त मेरा मित दाई हुन् भन्नुभयाे ।त्यसपछि मैले पनि बाकी कुरा साेध्ने शाहस गरेँ । साेध्दै खाेज्दै जाँदा उनि त मेराे कान्छा हजुरबा अम्वर बहादुर गुरुङकाे मित पाे हुनुहुदाेरहेछ । संखुवासभा जिल्लाकाे उबेलाकाे सरकारी किपट गढी हेर्ने अधिकारी । उहाकाे पुर्खाले रण बहादुर शाहकाे शाषनकाल देखीनै संखुवासभाकाे उत्तरी सिमाना किमाथाङ्का लगायतका गाैडा र गढीहरुमा गाेलाहरु हेर्ने जिम्मा पाएकारहेछन् । साेही जिम्मेवारी पछिल्लाे पुस्ताहरुमा हस्तान्तरण हुदै जादा अधिकारी बा काे बुवामा सरेकाे रहेछ ।

कसरी मित लगाउनु भयाे त ? भन्ने मेराे जिज्ञासामा ती हजुरबाले बताउदै जानु भयाे ।
त्यस समय नेपालमा बिफरकाे महामारी आएकाे थियाे । बिशेष तराई र पहाडमा फैलिएकाे महामारीले हजाराैं मानिसकाे ज्यान लिएकाे थियाे । तर त्याे महामारी बिच पनि राज्यले दिएकाे ड्युटी निभाउनै पर्ने हामीलाई बाध्यता थियाे । ड्युटी निभाउने क्रममा आधा साल भरीलाई खाने सामल तुमल लिएर हामी बाउ छाेरा गाेला तिर लाग्नु पर्ने थियाे र लाग्याैं । भिर पहाडकाे कठिन बाटाे ४ दिन हिडे पछि सर समान बाेक्ने चारै जना भरिया बिफरकाे संक्रमणले बिमारी परे । थामी नसक्नु ज्वराे आयाे ।अघि बढ्नै सकेनन् । बाक्लाे र घना जंगलकाे बिचबाटाेमै रात पर्याे । अधेरी रातमा सबैजनाकाे बिचल्ली भयाे । बास बस्ने ठाँऊ पाएनाैँ । बिरामी भरियाहरु , गर्हुगाें भारी बावु छाेरा ठुलाे फसाद र समस्यामा पराैं । मंसिरकाे महिना लेककाे जाडाेकाे त कुरै छाेडाैं । पर जंगलकाे बिचमा अचानक बत्तिकाे प्रकास देखियाे । अलिकति मनमा आशाकाे दियाे बल्याे । उक्त बत्तिकाे प्रकास आएठाँउ पैल्याउदै जाँदा त्यहा मानव भएकाे थाहा लाग्याे र साहारा खाेज्दै तेतै तिर लागियाे ।

सेउलाकाे छाहारी हालेकाे सानाे गाेठमा दुइजना मानव आकृति भेटियाे हामीलाई देउता भेटे जस्तै लाग्याे । नानी ! ति दुई जना मान्छे तिम्राे जिजुहजुरबा सापेलामा ( जाे बाल्यअवस्थामै पाेलियाे शिकार हुनुभएकाे थियाे ) र उनकाे कान्छाे छाेरा अथवा मेराे मित अम्बर बहादुर थिए । त्यस पछि के भयाे त बा भनेर मैले साेधेँ ।

वास्तवमा मैले मेराे जिजु हजुरबा देख्नै पाइन ।म जन्मिनु भन्दा अघिनै वहाँ बितिसक्नु भएकाे थियाे ।तर मेराे पुर्खाहरुकाे जीवनी वारे मलाई जहिले अनेक जिज्ञासा भैरहन्थ्याे ।
तर सुनाउने काेही हुन्थेन । मेराे बाबा सबै भन्दा कान्छाे सन्तान भएकाेले मैले मेराे बाजे बाेजुहरुसँग धेरै समय बिताउन पाइन । पुर्वजहरुसँग सामिप्यताकाे याे अभाव र असन्तुष्टि जीवन भर खड्किरहन्छ । अधिकारी हजुरबा बाट सानाे किस्सा सुन्दा पनि खै किन हाे कुन्नी म द्रवित भएकाे थिएँ । त्यसपछि बाले भन्दै जानु भयाे ।

मेराे मितलाई महामारीकाे रुपमा फैलिएकाे बिफरले भेटेकाे थिएछ । घर गाेठमा अरुलाई सर्छ भनेर तिम्राे हजुरकाे सल्लाह बमाेजिम वहाँलाई टाढा एकान्त जंगलमा राखिएकाे रहेछ । तिम्राे हजुरबा बैदाङ्गी पनि थिए । पाँचसय असी भेडा १७ बर्षकाे जेठा छाेराकाे भरमा गाेठ छाेडेर जिजु बाजे कान्छा छाेरालाई रुगेर बसेका रहेछन् ।

मित अलि उठ्न सक्ने भएका थिए । गाेठमा पिठाे चामल सकिएर बिजाेक भएकाे रहेछ ।
सेकाहा घरमा जान पनि ४ दिन लाग्ने ,बिरामी छाेडेर जान पनि नसकिने ।
सबै बेली बिस्तार लगाएपछि हामी त्यही गाेठ देखी अलि पर अर्काे बेग्लै छाप्राे हालेर ९ दिन बस्याैं ।

बिरामी भरियाहरु ज्वराेले त्यहीँ थला परेका थिए । तिम्राे हजुरबाले हिमाली मसला ( लसुन , चिङ्पिङ्, खानक्पा , टिम्बुर ) हर्दि जस्ता बिभिन्न जडीबुटी मिसाएर काेदाेकाे खाेले दिनमा ३ -४ पटक खाने , पानि तताएर खाने , दिनमा ३ -४ जाँडकाे छाेक्राले हात मुख धुने र नुहाउने सल्लाह दिए । गाेठमै भए पनि अस्पतालकाे भन्दा असल उपचार र महलकाे भन्दा आत्मिय आतिथ्यता पाएकाे थियाैं । याे असिम अनुभूति लाई कसरी अभिछिन्न राख्ने हाेला र याे अमुल्य ऋण कसरी चुकाउने हाेला भनेर मेराे बुवा चिन्तित हुनुहुन्थ्याे ।
९ दिन बसे पछि भरियाहरुलाई ज्वराे र घाउ अलि कम भयाे र उनि त्यहीबाट घर फर्के । ल्याएका सबै सामल तुमल त्यहीँ छाेडेर हामी पनि गाेला तिर लाग्याैं ।माथी खानलाई पुरानै चामल थियाे । दुई महिना पछि घर फर्किदा तिम्राे हजुरबाकाे भेडीगाेठ खाेज्दै आयाैं र बाजा बजाएर बाहाँ जाेडी भाेज लगाएर मित लायाैं । हाम्राे मितेरी नाता हाम्राे जीवनकाल सम्म अनन्य रह्याे नानी त्यसपछि तिम्राे कान्छा हजुरबा (मेराे मित ) पनि अब त निकै बृद्ध हुनु भयाे । अब त म पनि बृद्ध भएँ । साहारा पछ्याउदै यता मदेश झरेँ । आवत जावत टुट्याे । छाेरा नातिले याे नाता सम्बन्धलाई निरन्तर राख्न सकेनन् ।

अब हाम्राे भावी सन्ततीले याे मितेरी साइनाे जस्ताे आत्मिय नाताहरु भुल्दै गए । विह्वल र गर्हुगाे आवाजमा अब त मित लाउने परम्परानै हराउदै गयाे भन्नु भयाे । केही समय अन्तरालमा ती हजुरबा पनि याे लाेकबाट बिदा हुनु भयाे । म संखुवासभा गएकाे बेला वहाले अनन्त यात्राकाे तय गर्नु भएछ । दुर्भाग्यवस वहाँकाे अन्तिम यात्रामा सहभागी हुन पाइन तर पनि वहाँकाे त्याे उज्जर र सुकिलाे प्रतिमा मेराे हृदयमा अझै बिराजमान छ ।

(उहाँको नाम नर बहादुर अधिकारी रहेछ । यो लेख प्रकाशित भएपछि मुक्ति पोखरेलले मलाइ यसबारेमा जानकारी गराउनु भयो। पोखरेलले मलाई अधिकारी परिवार संग भेटाउने बताउनु भएको छ।)

वास्तवमा मेराे जिजुबाजे र कान्छा बाजेकाे त्याे अनकन्टार जंगलकाे बास त्याे सेउलाकाे छाप्राे त्याे प्रलयकारी महामारी अरुलाई सर्न नदिने र आफु बच्ने त्याे बेलाकाे आइसाेलेसन र क्वारेनटाइन थिएछ ।

के हाे त आइसाेलेसन ?
आइसोलेसन शब्दको उत्पति इजल्यान्ड शब्दबाट भएकाे पाइन्छ जसको अर्थ हुन्छ समुद्र बिचकाे टापु । इसाकाे १४२३ औं शताब्दीमा इटालीको भेनिसमा बिशेष उपकरण सहित कठाेर नियम पालना गरिने ठुलो अस्पताल बनाइयो । वास्तवमा त्यो ठुलाे अस्पताल बिकराल रुपमा फैलिएकाे प्लेगकाे महामारी बाट संक्रमित रोगीहरुको उपचारका लागि बनाइएको थियो । कठाेर अनुशासन पालनाका बावजुद त्याे अस्पतालबाट लाखाैं राेगीहरुले पुनर्जन्म पाएका थिए । जुन अस्पताल एउटा निर्जन टापुमा बनिएकाे थियाे ।त्यहि इजल्याण्डबाट आइसाेलेसन ( एकान्तबास ) शब्दको उत्पत्ति भएको मानिन्छ ।अहिले फेसबुक जस्ता सामाजिक सञ्जालमा सेल्फ आइसाेलेसन भन्दै बिभिन्न पाेस्टहरु हालेकाे देखिन्छ हालिन्छ ।वास्तवमा आइसाेलेसन ब्याक्टेरिया वा भाइरसकाे संक्रमण पछिकाे सामाजिक बिच्छेदकाे अवस्था हाे ।

क्वारेन्टाइन के हाे त ?
क्वारेन्टाइन शब्दको उत्पत्तिकाे पछाडी
मरियम वेबस्टर डिक्सनेरीको अनलाइन पोर्टलका अनुसार खास गरेर फ्रेन्च र इटालियन दुई भाषाकाे बिशेष प्रभाव रहेको भेटिन्छ ।
शुरुवातमा क्वारेन्टाइन शब्द फ्रेन्च भाषाबाट लिइएको पाइन्छ जसको अर्थ करिव ४० हाे । जुन चाैधाैं शताब्दिकाे अन्त तिर काे कुरा हाे ।यस बाहेक बाइबलबाट पनि एउटा सन्दर्भ प्राप्त हुन्छ, जसमा जिसस क्राइस्टले केही समयका लागि रेगिस्तानी मुलुकहरुमा रहदा निराहार उपवास राखेका थिए । जसकाे अवधि चालिस दिनकाे थियाे भन्ने उल्लेख गरिएको पाइन्छ, यस्काे बिशेष धार्मिक अर्थ रहेको छ ।
त्यसपछि १६ औं शताब्दीमा ब्रिटेनको एउटा ठुलो जहाजलाई शहरमा नराेकी जनजीवनबाट बिच्छेद गराई निकै टाढा राखिएकाे थियाे । त्यसकाे अवधी पहिले ३० दिन पछि १० दिन थपि चालिस बनाइएकाे थियाे । किनकी त्यस जहाजमा संक्रामक रोग फैलिएको थियो । त्यहींबाट अंग्रेजीमा क्वारेन्टाइन शब्द प्रचलनमा आएकाे पाइन्छ । यसरी संक्रामक राेगबाट टाढा रहने अवधिलाई क्वारेन्टाइन भनिन थालिएको हो ।
१६ औं शताब्दीको अन्त्य देखी अंग्रेजहरु आफ्ना जहाजहरुमार्फत संसारका विभिन्न देशहरु गए । यसरी विभिन्न मुलुकबाट आउने जाने क्रममा अंग्रेजहरुले डटालियन शब्दकाेशबाट लिइएकाे याे क्वारेन्टाइन शब्दलाई प्रचलनमा ल्याए ।
इटालीमा चाँही यो शब्द फ्रान्सबाट आएकाे मानिन्छ र यो शब्द वास्तवमा ल्याटिन शब्द ल्याटिन भाषा क्वारान्टिनाेकाे बिकसित रुप हो र जसको अर्थ पनि ४० नै हुन्छ भन्ने मान्यता छ ।

विनाशकारी महामारीकाे अवर्णनिय इतिहास
बिश्वमा अहिले काेराेनाले तहल्का मच्चाइराखेकाे छ । याे मानव सभ्यताले यस्ताे अकल्पनिय बिपत झेलेकाे भने याे पहिलाे हाेइन । याे भन्दा अघि कयाैं मानव संङहारक बिपत बेहाेरेकाे पाइन्छ । ति बिनासकारी महामारीहरुका साथै क्वारेन्टाइन र आइसाेलेसन केहीकाे म यहाँ उल्लेख गर्न चाहान्छु ।

१- जस्टिनियन ल्पेग
जस्टनियन ल्पेग सन ५४१ बाट शुरुभएकाे उग्र महामारी हाे । करिव ५ कराेड मानिसकाे ज्यान लिने याे बिनासकारी महामारीले संसारभर करिव चार बर्ष तवाही मच्चाएकाे थियाे । खाेज कर्ताहरुकाे मान्यता अनुसार ५ कराेड मानव प्राणकाे फागु खेल्ने याे भयानक महामारीले त्यस समयकाे बिश्वकाे कुल जनसंख्याकाे १० प्रतिसत विनाश गरेकाे थियाे भनेकाछन् भने कसैले बिश्वकाे कुल जनसंख्याकाे करिव आधा हिस्सानै सखाप पारेकाे अनुमान लगाएका छन् । याे कसरी नियन्त्रण भयाे भन्ने कुरा कसैलाई जानकारी छैन । जाे जाे बाँचे ति भाग्य र राेग प्रतिराेधात्मक क्षमता मजबुत भएकाहरु बाँचे भन्न सकिन्छ भन्ने बिभिन्न इतिहासविद्हरुकाे भनाई छ ।
अन्न खाने मुसाबाट फैलिएकाे अनुमान लगाइएकाे याे महामारी पहिलाे पटक सन् ५४१ मा रोमको बाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टिनोपलमा देखापरेकाे थियो । बाइजान्टाइनका सम्राट जस्टिनियन पनि याे महामारीबाट संक्रमित भएका थिए तर ऊनले याे महामारीलाई जितेका थिए । त्यसैबाट यस्काे नाम जस्टिनियन प्लेग रहनगएकाे हाे ।
जानकारी रहाेस् की याे भन्दा अगाडी सन १६५ मा पनि बिश्वले ५० लाख मानवक्षति गर्ने एन्टाेनाइन प्लेग जस्ताे डर लाग्दाे महामारी बेहाेरीसकेकाे थियाे ।

२- ब्ल्याक डेथ (कालो मृत्यु)
याे महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा मात्र नियन्त्रणमा आएकाे मानव सभ्यताकै सबै भन्दा बिनासकारी दि ग्रेट प्लेग’ हो । यसलाई ब्ल्याक डेथ (कालो मृत्यु) नाम दिइएको छ । यसले चार वर्षको अन्तरालमा बिश्वकाे करिव २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारीले युरोपबाट एसियासम्म फैलिएर भिषण नरसंहार गरेकाे थियाे ।

सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै आएकाे १२ वटा जहाज राेकियाे ।त्यहाँकाे दृश्य अकल्पनिय र भयानक थियाे । जहाजमा सवार मान्छेहरु अधिकांश मृत थिए जाे बाँचेका थिए ति पनि रगत र पिपकाे फिँजमा डुब्न लागेका थिए । जहाजलाई त्याे शहर नराेक्ने निर्देशन दिएता पनि बेला बितिसकेकाे थियाे । साे जहाज हेर्न भेला भएकाे भिडमा संक्रमण शुरु भैसककाे थियाे । मेसिना बन्दरगाहबाट फैलिएकाे महामारीले युराेपमा मात्र २ कराेड मानिसकाे ज्यान लिएकाे थियाे भने त्याे भाइरसले संसारभर चार बर्ष राज गरेकाे थियाे । जुन युराेपकाे कुल जनसंख्याकाे १ तिहाई थियाे ।

यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न पुरा दुई सय वर्ष लागेकाे थियाे  । त्यसबेलाका रिसर्चरहरुले यो प्लेग पहिलोपटक मुसामा उत्पत्ति भएको थियो भन्ने कुरा पत्ता लगाएका थिए जुन झिँगाको माध्यमबाट मानिसमा सरेको थियो । डिपल विश्वविद्यालयका इतिहासका प्राध्यापक थोमस मोकाइटिसका अनुसार यो महामारी कसरी रोक्ने भन्ने विषयमा त्यसबेलाका मानिसलाई केही ज्ञान नै थिएन न त कुनै उपचार पद्दतिनै थाहा थियाे । समय बित्दै जाँदा तर, उनीहरूलाई के थाहा भयो भने रोगी मानिससँग केही दुरी राख्दा वा संक्रमित मानिसकाे छेउमा नजादा यो रोग सर्दैन । त्यसपछि कडाइका साथ सामुद्रिक बन्दरगाह हरुमा पानि जहाजहरुकाे निरिक्षण र नियन्त्रण गर्न थालिएकाे थियाे । शंकास्पद पानि जहाजहरुलाई ४० दिनसम्म शहर र बन्दरगाहहरुबाट टाढा राख्ने नियम बसालियाे । मानिसलाई दुरीमा राख्न भनिएकाे थियाे । वास्तवमा याे नै क्वान्टाइनकाे प्रारम्भिक स्वरुप थियाे ।

त्यसबेला कुनै खाेप र उपचारकाे बिकास भएकाे थिएन । न त कुनै प्रयाेग र परीक्षणनै भएकाे थियाे । तर संक्रमितबाट दुरीमा रहने नियम र प्रयाेगले महामारी नियन्त्रणमा भने उल्लेखनिय प्रभाव देखाएकाे थियाे ।

३- स्पेनिस फ्लु
प्लेग अफ जस्टिनियन र ब्याकडेथ पछि सन् १९१८ को सुरुवाती सालमा संसारभर फेरी एउटा यस्तो महामारी फैलियो, जस्ले पाँच करोड भन्दा धेरै मानिसको ज्यानकाे हाेली खेल्याे त्यो थियाे स्पेनिस फ्लुको महामारी ।त्याे बेला ५० कराेड मानिस त्याे महामारीबाट संक्रमित भएका थिए ,जुन संख्या त्यसवेलाको विश्वको जनसंख्याको एकचौथाइ थियो भन्ने बिशेषज्ञहरुकाे अनुमान छ । दुई वर्षसम्म विश्वलाई यस भयानक महामारीले आफ्नाे सांम्राराज्य बनाएको थियाे जस्लाई सन् १३४७ को ‘दि ग्रेट प्लेग’ पछिको मानव सभ्यताकाे सबैभन्दा घातक र विध्वंसकारी महामारी मध्येकाे दाेश्राे महामारीका रूपमा लिइन्छ ।

अमेरिकाको फन्सटन भन्ने सैनिक क्याम्पबाट फैलिएको अनुमान लगाइएकाे याे महामारीले शुरुमा त्यहाँ ४८ जना सैनिकको ज्यान लिएकाे थियो , जँहा एक हजार सैनिक फ्लुबाट प्रभावित भएका थिए ,त्यसपछि अमेरिकाभरिका १० लाख सैनिकमा यो रोगकाे संक्रमण देखियाे । ती सैनिकहरु सन् १९१८ को वसन्त ऋतुमा पहिलाे बिश्वयुद्धकाे क्रममा विश्वका विभिन्न देशमा पुगे, जसबाट यो रोग संसारभरि फैलिने मौका पायो तर आफ्नाे हार हुन्छ भनेर युद्ध लड्ने देशहरुले यसलाई आफ्नाे कमजाेरी ठानेर महामारी लुकाउने काेसिश गरे नतिजा भयानक र अकल्पनिय निस्कियाे ।

तर स्पेन भने त्याे युद्धमा सामेल भएकाे थिएन तर त्याे महामारीबाट स्पेन पनि धेरै प्रभावित प्रभावित भयाे । स्पेनका सम्राट अल्फान्साे तेस्राे पनि यस महामारी बाट संक्रमित भएका थिए तर ऊनि बाँच्न सफल भए । स्पेनले नै याे महामारीकाे वास्तविकता बारे सुचना बाहिर ल्यायाे तर स्पेनबाट भने याे उत्पन्न नभए पनि यसलाई स्पेनिस फ्लुकाे उपनाम दिइयाे ।

अहिले सम्म संसारमा फैलिएकाे बिभिन्न महामारी भन्दा फरक प्रकृति लक्षण देखाउने याे फ्लुले शुरुमा छालामा निलाे धब्बा देखाउने फाेक्साेमा बाक्लाे तरल पदार्थ भरिने र नाकबाट रक्तश्राव भई केही समयमै राेगीकाे मृ्यु हुने गर्दथ्याे । याे भाइरसबाट कसरी बच्ने कसैलाई थाहा थिएन । माइक्राेसकपबाट भाइरस पनि देखिदैन थियाे । तैपनि यसबाट बच्न त्यसबेला पनि मास्क प्रयाेग गर्नु पर्ने कडा नियम जारी गरिएकाे थियाे । याे लगायत ,सरफाइमा ध्यान दिने ,भिडमा नजाने , संक्रमितसँग दुरी राख्ने बताइएकाे थियाे भने सार्वजनिकस्थलहरु, चर्च ,स्कुल , कलेजहरु पनि बन्द गरिएकाे थियाे । यात्रा गर्न बन्देज गरिएकाे थियाे ।वास्तवमा याे पनि हालकाे क्वारेन्टाइनकै एउटा स्वरुप थियाे । बिशेष गरि अमेरिकामा तबाही मच्चाएकाे याे महामारीले त्यसबेला अमेरिकीहरुकाे ओैसत आयु १२ बर्ष घटाएकाे थियाे ।

अमेरिका युराेप एसिया हुदै बिश्वभर फैलिएकाे याे महामारीबाट भारतले मात्र करिव १ कराेड ८० लाख जनसंख्या गुमाएकाे थियाे भने चिनमा करिव ९४ लाखकाे मत्यु भएकाे अनुमान गरिएकाे छ । मानव प्राण विध्वंसक याे महामारीले १ बर्षकाे अवधीमै ५ लाख भन्दा बडी मानिसकाे ज्यान लिएकाे थियाे भने यसलाई नियन्त्रण गर्न सन् १९३८ मा खाेपकाे बिकास गरिएकाे थियाे ।

४- बिफर (स्मलपक्स)
सन् १५२० देखि फैलिएको यो महाप्रलयकारी महामारीबाट पाँच करोड ६० लाख मानिसको मृत्यु भएको थियो । अमेरिका मेक्सिकाे हुदै युराेप एसिया अरेबिया सम्म फैलिएकाे याे महामारीले डढेलाे स्वरुप लिएर बिशेष ठाँउ अमेरिका र मेक्सिकाेकाे आदिवासी बस्ती भने एक सताब्दिकाे अवधिमा सखापै पारेकाे थियाे । जसबाट १० प्रतिसत आदिवासीमात्र बाँच्न सफल भएका थिए ।

१८औँ शताब्दीको अन्त्यतिर मात्र एडवार्ड जेनरले स्मलपक्स बिरुद्ध लड्ने भ्याक्सिन बनाए , जसले यो महामारीको अन्त्य भयो र महामारीकाे ईतिहासमा याे नै पहिलाे महामारी भयाे जुन भ्याक्सिनद्वारा नियन्त्रणमा आयाे ।
नेपालमा भने याे राेग बारे ब्यापक अन्धबिश्वास थियाे । भाकल र पुजाआजा गरे याे राेग हराउछ भन्थे । महामारीकाे बेला बालाजुमा सितलामाईकाे मुर्तिनै स्थापना गरिएकाे छ । याे राेग कुनै देवी देउताकाे श्राप हाेइन भनेर मान्छेलाई बुझाउन मुस्किल थियाे । अन्धविश्वासकाे कारण बिफरले नेपालकाे जनसंख्यामा निकै ठुलाे क्षति भएकाे थियाे ।

२०२४ साल तिर बिफर नियन्त्रणकाे लागी देशकाे पाँच जिल्लाबाट नाडीमा खाेली हाल्ने (खाेप लगाउने ) प्रयाेग थालियाे र पछि देशभर खाेप अभियानकाे रुपमा याे विधि लागु गरी बि .स .२०३१ साल चैत्र २४ गते नेपालमा बिफर उन्मुलन भएकाे घाेषणा गरिएकाे थियाे । १० जनामा संक्रमण भए ३ जना मर्ने याे भयानक महामारीले लाखाैंकाे अनुहार र शरिरमा आफ्नाे दाग छाेडेकाे अझै भेटिन्छ भने धेरैकाे दृष्टि पनि खाेसेकाे थियाे । याद रहाेस् नेपालकाे एक वरिष्ट साहित्यकार भवानी भिक्षु पनि बिफरबाट प्रभावित भएका थिए ।

५- तेस्रो प्लेग
एसिया महादेश अन्तर्गत चीन र भारतमा अकल्पनिय विनाशलीला मच्चाएको तेस्रो प्लेग पनि मानव सभ्यताको ठूलामध्येको एक महामारी हो । यसलाई ब्युबाेलिक प्लेग पनि भनिन्छ । यसलाई दि ब्ल्याक डेथ र जस्टिनियन पछिकाे तेस्रो ठूलो महामारी मानिएकाे छ । सन् १८५५ मा चीनको युनानबाट सुरु भएको याे महामारीले चिनमा मात्र १ करोड २० लाख मानिसको ज्यान लिएको थियो । भारतमा भने याे हङकङबाट भित्रिएकाे थियाे । शुरुवाती क्षणमा भारतमा मात्रै यसले एक करोड मानिसको ज्यान लिएको थियो । जुन बेलायतकाे भारत लाई उपनिवेश कायम राख्ने बेलायत बिरुद्ध भारतिय जनताहरुले गरेकाे आन्दाेलन दबाउने क्रममा अंग्रेजहरुले महामारी प्रति गरिएकाे नजरअन्दाजकाे परिणाम थियाे । त्यसपछिका तीन दशकसम्म पनि यसले भारतमा तबाही मच्चाइरह्यो । मानिसकाे मृत्युदर अगाडीकाे तुलनामा बढी भयाे । थप एक करोड २५ लाख मानिसले याे महामारीकाे कारण ज्यान गुमाए ।

त्यसबेलाकाे शासकहरुले यो रोग नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेसन क्याम्प, यात्रा प्रतिबन्ध , सभा सम्मेलनमा राेक जस्ता उपायहरु त अपनाएको थिए  । तर, ती खासै प्रभावकारी भएनन् । किनकी अंग्रेज सरकार महामारी नियन्त्रण भन्दा सत्ता जाेगाउन पट्टि बडी केन्द्रित थिए । यो रोग दक्षिण अफ्रिका, अमेरिका, इक्वेडरलगायतका मुलुकमा पनि पुगेको थियो । डब्लु एच ओ का अनुसार अनुसार सन् १९६० सम्म यो महामारी अस्तित्वमा रहे पनि मृत्युदर भने केही कम थियो ।

६- प्लेग आफ लण्डन
प्लेग अफ लन्डन पनि संसारको निकै ठुलाे मध्यकाे एक महामारी हो । सन् १३४७ को ब्ल्याक डेथपछि तीन सय वर्ष सम्म यस्ले बिनासलिला रच्याे । जसले बेलायतमा मात्र संक्रमितमध्ये २० प्रतिशतको ज्यान लिन्थ्यो । सन् १६६५ मा लन्डनमा देखिएको प्लेग अत्यन्तै विनाशकारी भएर आयो, जसले सात महिनाको अन्तरालमा एक लाख मानिसको ज्यान लियो । संक्रमितलाई गरिने कुनै उपचार थिएन, त्यसकारण उनीहरूलाई घरमै थुनेर राखियाे मृत्यु हुनेहरूलाई सामूहिक रूपमा गाडिएको थियो । यस्ता प्लेगहरुले बिश्वभर शताब्दीयौँसम्म आतंक मच्चाइ रहेको देखिन्छ । भ्याक्सिन र ओैषधिहरु पत्ता नलागीसकेकाे यस्ता प्लेग वा महामारी बाट बच्ने सबैभन्दा भर पर्दाे उपाय भनेकाे केवल क्वारेन्टाइनै भएकाे ईतिहासहरु पाइन्छ ।

७-एचआइभी/एड्स
सन १९८१ देखी हालसम्म महामारीकाे रुपमा रहेकाे याे एच आइ भी एड्स राेग शुरुमा चिम्पान्जी बाट मानिसमा आएकाे हाे भन्ने कुरा रिसर्चरहरुले अनुमान लगाएका थिए । यस्काे संक्रमणबाट बिश्वभर ३ कराेड ५० लाख मानिसकाे मुत्यु भैसकेकाे छ । हालसाल संसारभर करिव ३ कराेड ८० लाख मानिसमा याे महामारीकाे संक्रमण रहेकाे सम्बन्धित खाेजकर्ताहरुकाे अनुमान छ । सन २००४ काे बर्षभरी मात्र एड्स लागेर १७ लाख मानिसले ज्यान गुमाएका थिए । सन २०१८ मा मात्र १७ लाख मानिस याे महामारीबाट संक्रमित भएकाे रेकर्ड छ ।
अहिले सम्म ओैषधी पत्ता नलागेकाे याे महामारी बिश्वमा अहिले गम्भिर स्वस्थ्य चुनाैतिकाे रुपमा उभिएकाे छ । असुरक्षित याैन सम्पर्क र रगतका माध्यम बाट सर्ने याे राेग संक्रमित आमाबाट जन्मेकाे बच्चामा पनि भेटिएकाे छ ।

अहिले एड्सका राेगीहरुलाई बिभिन्न निकायहरुद्वारा सावधानिका साथ समाजमा स्थापित गराउने प्रयासहरु जारी छ ।

आम जनसमुदायहरुसँगकाे भाैतिक सम्पर्कहरुबाट भने टाढै राखिन्छ । याे पनि एक प्रकारकाे आइसाेलेसन हाे ।

माथी उल्लेखित बाहेक बिश्वमा अन्य पनि भयानक महामारीहरु पनि फैलिएकाे इतिहास छ ,जस्काे संक्रमणबाट लाखाैं करडाैं मानिसकाे ज्यान गएकाे थियाे ।

जापानिज बिफर , १७ र १८ ओै शताब्दिमा फैलिएकाे प्लेग , हैजा , रसियन फ्लु, एल्लाे फ्लु , हङकङ फ्लु,सार्सफ्लु , स्वाइनफ्लु , इबाेला भाइरस जस्ता डरलाग्दाे महामारीहरुले बिश्वभर लाखाैंकाे ज्यान गएकाे तथ्यहरु भटिन्छन् ।

अतह: सरकारले घाषणा गरेकाे लकडाउनकाे पुर्ण पालना गर्दै घरमै क्वारेनटाइन बसेर महामारीलाई हेलचेक्र्याइ नगर्नुनै बचावटकाे उत्तम उपाय देखिन्छ । यस्ता कुराहरुकाे वेवास्ता गर्दा इटाली भाेग्नु परेकाे परिणामबाट एउटा लेसन लिन सकिन्छ । त्यसैले प्लिज प्लिज सबै जना क्वारेनटाइनमा रहुँ र याे महामारीबाट आफु र मुलुकलाई जाेगाओैँ । किनकी याे बिपत्ति यदि हाम्राे जस्ताे बिकासाेन्मुख मुलुकमा प्रवेश गर्याे भने नतिजामा कस्ताे स्थिति आईपर्छ त्याे अवस्था सायद अहिले हाम्राे कल्पना भन्दा बाहिरनै हाेला ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments