Homeसमाचार | NEWSस्वास्थ्य | HEALTHतमु धिंले यो पटकको ट्होटें, बृहत रुपले नमनाउने

तमु धिंले यो पटकको ट्होटें, बृहत रुपले नमनाउने

हुम तमु, पोखरा । तमु समुदायको परम्परागत साँस्कृतिक एवं मौलिक पहिचानको पर्व ट्होटें, विश्वकै विषम परिस्थितले बृहत रुपमा नमाउने भएको छ।
तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार अर्थात २५ गते मनाउन तयारी गरेको ट्होटे पर्व यस पटक तमु धिं नेपालको कार्यसमितिले मात्रै मनाउने भएको हो। 
परापुर्व कालदेखि आफ्नो गाँउ बस्ती÷राज्यबाट विकृति, विसंगति, रोगव्याधी, शत्रु लखेटेर राज्य सुरक्षित र सभ्य राख्ने पर्वलाई कोरोना भाईरसको महामारी एवम लकडाउनको विषम परिस्थितीमा तमु धिं नेपालको कार्यसमिति र ट्होटें समितिले यस पटक महामारी लखेट्न ट्होटें मनाउने जनाएको छ। प्रतिकात्मक रुपमा तमु धिंमा ट्होटें खेल्दै सेती नदिमा ट्होटेका साथै कोरोना सेलाउने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले जानकारी दिनुभयो। 
 
विगतमा तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार र साउनको अन्तिम मंगलवार बृहत रुपमा धुमधामका साथ ट्होटें मनाउने गर्दथ्यो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments