Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLEल्होसार बिदा कटौतीमा राज्यका स्वार्थ र षड्यन्त्रहरु -ई. रोशन गुरुङ

ल्होसार बिदा कटौतीमा राज्यका स्वार्थ र षड्यन्त्रहरु -ई. रोशन गुरुङ

ल्होसार बिदा कटौतीमा राज्यका स्वार्थ र षड्यन्त्रहरु -ई. रोशन गुरुङ

गुरुङ समुदायको संघारमा ल्होसार झुल्किसकेको छ । आफुलाई चाडको स्वरुप दिदै ल्होसारले गुरुङहरु माझ एक किसिमको उल्लास छर्न सुरु गरिसकेको छ, भने राज्यलाई प्रश्न तेस्याई रहेको अवस्था छ । आफनो अस्तित्व राज्य सत्तामा खोजीरहेको छ । धेरैलाई लाग्न सक्दछ, एक दिन बिदा पाएर के नै हुन्छ र ? बुझनुपर्ने कुरा, बिदा कटौती भित्र धेरै कुराहरु लुकेका छन् । खासगरी, राज्यको स्वार्थ लुकेको छ । के–कस्ता स्वार्थ, षड्यन्त्रहरु लुकेका छन् ? कसरी राज्यले बिदा कटौती गरेर आफनो सत्ता टिकाउन खोजीरहेको छ ? यो आलेखमा विश्लेषण गर्नेछु ।

विश्व इतिहास पल्टाएर हेर्दा, हरेक शासक वर्गले सत्ता टिकाउन बल प्रयोग गर्दै आएका थिए । सेना, प्रहरी, गोलाबारुद इत्यादि प्रयोग गर्दै आएका थिए । जनतालाई दास बनाएका थिए । तर पछि सत्ताहरु भने ढल्दै जान थाले । बलले मात्र सत्ता दिर्घकालीन नहुने महसुस हुदै गयो । त्यसैले एक्काइसौं शताब्दीका शासकवर्गले सत्ता टिकाउन केवल बल प्रयोग गरेका छैनन् । उनीहरुले जनतालाई सहमत गराउन छुट्टै super-structure तयार गरेका हुन्छन् । अथवा निश्चित mechanism(संयन्त्र) तयार गरेका हुन्छन् । प्रश्न उठ्छ, त्यो कस्तो संयन्त्र हो ? जसले शासकलाई टिकाउन मदत गर्छ ?

ईटालीका माक्र्सवादी विचारक एन्टिनो ग्राम्सीका अनुसार त्यो संयन्त्र भनेको cultural supremacy(सांस्कृतिक उच्चता) कायम गराउने संयन्त्र हो । शासक वर्गले आफनो संस्कृतिको प्रभाव जहिले पनि सबै जनताहरुमा परुन् भन्ने चाहन्छ । त्यसैले ऊ आफनो संस्कृति फैलाउन र जनताको भत्काउन उदत्त हुन्छ । ल्होसार बिदा कटौती यही प्रवृतिको उपज हो ।

शासक वर्गले कसरी आफनो संस्कृतिको प्रभाव फैलाउछ ? अब म यसबारे थोरै प्रकाश पार्न चाहन्छु । ग्राम्सीले यसमा शासक वर्गले सिभिल सोसाइटी(जस्तै मिडिया, स्कुल, नेता, बुद्धिजिवि) लाई प्रयोग गर्ने बताएका छन् । जहिले पनि आफनै संस्कृति ठीक, आफनै संस्कृति राम्रो, आफनै संस्कृति उच्च भन्ने भान शासकले जनतामा गराएको हुन्छ । “चिसो भनेकै कोकाकोला” भनेझैँ शैलीमा “संस्कृति भनेकै आफनै मात्र” भन्ने आभास गराउन खोज्छ । जनताको संस्कृति नीच र आफनो उच्च बनाउन खोज्छ । यसमा उसले विभिन्न मिडिया, नेता, बुद्धिजिविहरुलाई प्रलोभनमा देखाई प्रयोग गर्छ । विभिन्न तरिकाले सन्तुलन कायम गर्छ । नेपालका मिडियाहरुमा जहिले पनि शासक वर्गका चाडपर्वहरुको हल्लखल्ला मात्र सुनिने कारण यही होे । गुरुङ नेता, बुद्धिजिविहरु बिदा कटौतीमा मौन हुनुको कारण पनि यही हो । गुरुङ नेताहरुले आफनो इतिहास तोडमोड गर्दै शासक वर्गसंग हातेमालो गर्नुको कारण पनि यही हो ।

ल्होसारको बिदा कटौती उक्त सन्तुलनबाट व्यक्त राज्यसत्ताको उच्च अंहकारको उपज हो । cultural supremacy को दम्भ हो । आफुलाई श्रेष्ठता स्थापित गर्ने कुचेष्ट हो । नेपालको संविधानले सबै जातजातिका संस्कृतिलाई समान अधिकार दिएको छ । राज्यको यो कदम के संविधान विपरित भएन ? के सबैका संस्कृति संरक्षण गर्नु राज्यको दायित्व होइन ? आफनो संस्कृति जे छ, राज्यले त्यसलाई मात्र महत्व दिइरहेको छ । सबैलाई समान व्यवहार गर्न आवश्यक छ ।

माथी मैंले, शासक वर्गले आफनो संस्कृतिको प्रभाव बढाउन खोज्छ भन्ने कुरा प्रस्तुत गरें । वास्तवमा किन फैलाउन खोज्छ ? यसको कारण के हो ? । यसमा के स्वार्थहरु लुकेका छन् ? अब म यसबारे प्रष्ट पार्न चाहन्छु । बुझनुपर्ने कुरा के हो भने, हरेक संस्कृतिभित्र निश्चित मुल्य, मान्यता, विश्वासहरु हुन्छन् । जब शासक वर्गले आफनो संस्कृति राम्रो, उच्च भन्दै असमान व्यवहार गर्छ । विशेष अधिकार दिन्छ । तब जनतालाई स्वतः आफनो संस्कृति नीच लाग्न थाल्छ । बेक्कार लाग्न थाल्छ । असभ्य लाग्न थाल्छ । बिस्तारै जनता आफनो संस्कृति त्याग्न बाध्य हुन्छ । जब त्याग्छ, शासकवर्गको संस्कृति अवलम्बन गर्न पुग्छ । यसको परिणाम के हुन्छ ? असर कस्तो हुन्छ ?

जनताले आफनो संस्कृति त्यागे पछि ऊसंग आफनो मुल्य–मान्यता, विचारहरु भन्ने नै हुदैन । उसको दिमागमा शासकवर्गको मुल्य–मान्यता, विश्वासहरुले बास गर्न पुग्छ । जब दिमागमा त्यसरी बास हुन्छ, जनता hypnotic (हिप्नोटिक) अवस्थामा पुग्छ । मानौं मोहिनी लागेझै हुन्छ । शासकवर्गले जे सोच्छ, जनतालाई त्यही राम्रो लाग्न थाल्छ । जे व्यवहार गर्छ, राम्रैै लाग्न थाल्छ । सबै व्यवहार legal (वैधानिक) लाग्न थाल्छ । जनता रोबाटभैm हुन्छ । केवल शरिर आफनो । दिमाग शासकको । त्यो अवस्थामा शासन चलाउन एकदमै सजिलो हुन्छ । त्यसैले ऊ आफनो संस्कृतिको उच्चता कायम गर्न खोज्छ । प्रभाव फैलाउन खोज्छ । बल प्रयोग भन्दा कयौं गुण फाइदा मिल्छ । जनताको संस्कृति मेटाउन चाहन्छ । आफनो बचाउन चाहन्छ ।

ल्होसारको बिदा कटौती राज्यले कालन्तारमा आफनो अवैधानिक कदमलाई वैधानिकता दिने दुष्प्रयास हो । त्यस्तो अवस्थामा, जनता दास बनेको हुन्छ । तर स्वय आफैलाई थाहा हुदैन । आफु माथी शासन गर्न आवश्यक वातारवरण जनता आफैले तय गरिरहेको हुन्छ । तर उसलाई अत्तपत्तो हुदैन । ल्होसार बिदा कटौती राज्यले त्यो दास अवस्थामा पुर्याई घुमीफिरि आफै सत्तामा रहिरहने षड्यन्त्र हो । अन्तमा, सरकार कि त हाम्रो बिदा फिर्ता गर, कि त सबैलाई समान व्यवहार गर । कि त कसैलाई बिदा नदेऊ । हामीलाई पनि नदेऊ । तिमीले पनि नलिऊ ।

ई. रोशन हाल प्रदर्शन रहेको गुरुङ चलचित्र “सिमि नासा”, “म्लेक्यु”, “गुरुङ संस्कारको वैज्ञानिक चिरफार”, “आहा नि, क्या राम्री गुरुङसेनी” पुस्तकका लेखक हुन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments