अपत्यारिलो एउटा घटनाले सिंगो गुरुङ संगीत क्षेत्र र गुरुङ फिल्म क्षेत्र शोकमा डुबेको छ ।
गुरुङ चलचित्रमा दर्जनौं गितमा स्वर दिइसकेकी स्वरकी धनी पबित्रा गुरुङ ( मन काशी ) यति खेर हामी माझ हुनुहुन्न । माघ १ गते मात्र काठमाडौंको थापाथली स्थित प्रस्तुती गृहमा छोरी को जन्म दिएकी गायिका गुरुङ थप उपचारका क्रममा हिजो माघ २ गते निधन भएकाे चलचित्र निर्देशक शुबास गुरुङले मिलन बिश्व समाचार लाई जानकारी गराउनु भएको छ । कलाकार तथा संगीतकार तेजेन्द्र गुरुङ मृतक गायिका गुरुङ का श्रीमान हुन् ।

माघ १ गते उनका श्रीमान तेजेन्द्र गुरुङ ले आफ्नो फेसबुक वालमा छोरीको जन्म दिनुभएको भन्दै श्रीमती पबित्रा लाईत धन्यवाद दिनुभएको थियो तर धन्यवाद लेखेको मसी सुक्न नपाउँदै आँखा बाट आँसुको धारा बगाउनु पर्ने अवस्था आइपर्यो निर्देशक सुबाश गुरुङ ले बताउनुभयो ।

यति बेला सबैको मुखमा झुण्डिएको एउटा गित ” गलबन्दी चैस्यो ङलोल्स्यो ” भन्ने गित सबैको सामु आफ्नो स्वर दिएर नफर्ने गरि उनी बिदा भएकी छिन् । गायिका पबित्रा को मृत्यु भएको खबर सुन्न साथ मैले कुरा पत्याउनै सकेन म त के गरूँ र कसो गरूँ भयो । साथीभाई लाई फोन गरेर कुरा बुझेँ अखिर कुरा सहि रहेछ जिफान कास्की का अध्यक्ष भोजबहादुर गुरुङले टेलिफोन मर्फत भन्नुभयो ।
पबित्रा को निधन भएको खबर संगै जिफान कास्कीले शोक विज्ञप्ति जारी गरेको छ । गायिका पबित्रा को निधन भएको खबर संगै शोक बिज्ञप्ति दर्जनौं गुरुङ चलचित्रकर्मी , कलाकार र गायक नायिकाहरूले आ आफनो संस्था र ब्यक्तिगत तर्फ बाट शोक बिज्ञप्ति जारी गरिसक्नु भएको छ।
