“घान्द्रुक गाउँको सुन्दरतामा सिएनएन (CNN) को एचडी(HD) क्यामरा “
घान्द्रुक गाउको चर्चा परी चर्चा हाम्रो देशको मिडियाहरुमा पटक पटक नभएको होइन धेरै पटक भएकै आएकै हो ! यो एउटा सानु अकारको हुन्थ्यो स्वदेश्मा मात्र चर्चा हुन्थ्यो ! यो सानु चर्चा हुँदा पनि यो मन भरी खुशीको छालहरु धेरै उर्लिन्थ्यो |
एशिया महदेश भरीमा अती उत्कृष्ट आकर्षक सुन्दर गाउ बस्ती ठाउँहरु हजारौ लाखौमा छन । ति हजारौ लाखौं ठाउँहरु माथि विश्वाको अती चर्चित अमेरिकन समाचार सस्था (CNN ) सिएनएनको पावर चस्मा सहिद HD क्यमरा सरर घुम्दै छनोट गर्दै जादा सिएनएन को मन मुटुमा बस्न सक्ने सुन्दर ठाउँ निस्कन धेरै गार्हो पर्यो ।
यसरी घुम्दै घुम्दै सुन्दरताको खोजी गर्ने क्रममा सिएनएन CNN को HD क्यमरा भित्र एशिया महदेश भरीमा उत्कृष्ट आकर्षक सुन्दर गन्तव्यको सुचिमा जम्म १३ वटा ठाउँ पर्न सफल भयो ! जस मध्य नेपालको घान्द्रुक गाउले पनि CNN को मन मुटु जित्न सफल भयो ।
जब नेपालको आकाशमा सिएनएन CNN को HD क्यमरा बिस्तारै घुम्न थाल्छ दाँया बाँया जता ततै घुमे पनि अन्तमा घान्द्रुक गाउको प्राकृतिक सुन्दरतामा ठोकिन्छ । सिएनएन( CNN) को HD क्यमरा घान्द्रुक गाउको सुन्दरताको अगाडि अरु ठाउँहरु बसन्त ऋतुको अगाडि शिशिर ऋतु ,कुहिनुर हिराको अगाडि खिया लागेको पित्तल र पुर्णिमा रातको अगाडि अौसीको रात जस्तो फिक्क फिक्क लाग्न गयो ।
त्यसैले अन्तमा घान्द्रुक गाउँमा टक्क रोकिन पुग्छ र रयाल चुहाउदै चट्ट सिएनएन (CNN) भन्नु हुन्छ बल्ला मैले खोजेको सुन्दर ठाउँ बस्ती यहाँ मिल्त्यो देखियो बनेर मक्ख हुँदै अहहह भन्दै CCN को HD क्यमरा घान्द्रुकको चारै तिर तेर्सिन्छ । सिएनएनको ऊत्क्रस्ट सुचिमा परेको घान्द्रुकमा खास त्यस्तो के चिज छ? यसरी मैले भनी रहदा यसलाई कसरी हेर्ने बुज्ने कसरी बर्णन गर्ने कुन एँगल बाट बनेको रहेछ? आ आफ्नो हेराइ बुजाइ सबैलाई स्वतन्त्र छ! मेरो बुजाइमा बडाउ अब बिकासको गती प्राकृतिले दिएको गिफ्ट नै घान्द्रुकको सम्पत्ति हो भन्न चाहन्छु ।
हाम्रो पुर्खाहरुले बनाएको मिलेको ढुङ्गे घर आगनहरु आफ्नै मौलिकपन गुरुङ संस्कृतिले नेपाल भरी प्रख्यात, हरियो बन पाखाहरु र नजिकै बाट निहाल्न सकिने हिमाली सुन्दरता नै घान्द्रुकको सुन्दरता हो । यसरी CNN ले एशिया महदेशमा आकर्षक गन्तव्यको सूचिमा सुन्दर गाउँ घान्द्रुक बनेर घोषणा गरी दिदा यो मन खुशीले ढक्क फुलेर आउछ गौरबले छाती ठुलो हुन्छ र घान्द्रुक गाउँको इज्जत र सानले अन्नपूर्ण हिमालको शिर चुमिन्छ ! यसरी घान्द्रुक गाउको चर्चा संसार भरी CNN ले गरी दिएको छ । सिंगै नेपाल र घान्द्रुक बासीको तर्फ बाट सिएनएन (CNN ) समाचार सस्थालाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।
– गम गुरुङ, कोटगाउँ, घान्द्रुक
हाल बेलायत (यु.के.)