Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTगुरुङ चलचित्र मारक्यु (Gold Water) भव्य प्रदर्शन

गुरुङ चलचित्र मारक्यु (Gold Water) भव्य प्रदर्शन

पोखरा । गुरुङ चलचित्र मारक्यु शनिबार दुर्लुङ तमु समाजको आयोजनामा पोखराको बाराही हलमा भव्य रूपमा प्रदर्शन भएको छ ।

चलचित्र मारक्यु यस अघि लम्जुङ , काठमाण्डौ र हङकङमा प्रदर्शन भईसकेका छ। यो चलचित्र पछिल्लो समयमा धेरै दर्शकले मन पराएको गुरुङ चलचित्र पनि हो ।
शनिबार चलचित्र हेर्न पोखराका तमुहरुको निकै बाक्लो उपस्थिति थियो । विभिन्न तमु संघ सस्था र तमु कलाकारहरूकाे उल्लेखनिय रूपमा सहभागि थियाे ।

चलचित्र हेरेर धेरैले चलचित्र एकदमै राम्रो र शन्देस मुलक रहेको प्रतिकृया दिएका छन् । त्यस्तै चलचित्रले गुरुङ हरुको संस्कारमा सुन पानीको महत्व बारे दर्शाईएकोले सबै गुरूङहरूलाई एक पटक हेर्न सुझाब समेत दिएका छन् ।

तमु (गुरुङ) जातीको संस्कार र संस्कृतिमा आधारीत यस लचित्र क्लाईम्याक्स आर्टको व्यानरमा सुवाष गुरुङको लेखन, दिनेश गुरुङ निर्देशन र खुशी माया गुरुङको सह निर्देशन रहेको छ । त्यस्तै चलचित्र मारक्युको निर्माताहरु क््रmमशः चन्द्र गुरुङ, नवराज घले, सुर्य घले, राकेश गुरुङ, नन्द बहादुर गुरुङ, कालु गुरुङ, दबि राम गुरुङ र केश गुरुङ रहेको छ । भने कलाकारहरु लोटस गुरुङ, रोश्नी गुरुङ, रविन गुरुङ, दुर माया घले, सङ्ग्राम गुरुङ, प्रतिमा प्हच्यु गुरुङ, खुशी गुरुङ, अस्मिता गुरुङ, पर्शु राम गुरुङ, ल्होस्यो सीमा पाते, आकाश प्हच्यु तमु, केश कुमारी गुरुङ (अश्मी) लगायतको अभिनय रहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments