पोखरा, पोखरा महानगपालिका वडा नं १६ स्थित अर्मला पर्वतिय दौडको उपाधी नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।
पोखरा के आइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय दौड कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।
हिन्दुहरुको पर्व श्रीपञ्चमीको अवसरमा हरेक वर्ष आयोजना हुने उक्त दौडमा मोरङका याङदेन राईले उक्त दुरी ५४ मिनेटमा पुरा गर्दै नगद १० हजार जिते भने रुकुमका देबराज वुढा मगरले ५४ मिनेट ४५ः४५ सेकेण्डमा पुरा गर्दै तेश्रो भए । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसै गरि श्रीपञ्चमीकै अवसरमा अर्मलामा आयोजित भलिबल प्रतियोगिताको उपाधी मादी गाउँपालिकाको तर्पाङ युवा क्लबले पृथ्वी नारायण क्याम्पस संग ३–१ के सोझो सेटमा जितेको छ । जित संगै उसले नगद ४० हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गरेको छ भने पृथ्वी नारायण क्याम्पस दोश्रो भएको छ । उपविजेता टिमले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
आजनै एक भव्य कार्यक्रमका विच अर्मला कोटमा अवस्थित श्री सिता आधारभुत विद्यालयको वार्षिकोत्सव समेत सम्पन्न भएको छ । विजेता खेलाडी तथा टिमलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराई र वडा नं १६ का अध्यक्ष जिवन आचार्यले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ लगाएतले सम्वोधन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुपाल सिंह गुरुङको अध्यक्षतामा भएको थियो ।
समुद्र सतह देखि १६०० मिटरमा अवस्थित अर्मलामा श्री पञ्चमीको अवसरमा खेलकुद र विशेष सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ । गुरुङ वस्तीको रुपमा परिचित अर्मला कोट बाट हिमश्रींखंलाको मनोरम दृश्य संगै पोखरा शहर हेर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले एक वर्ष अघि अर्मला कोटलाई होम स्टेको रुपमा घोषणा समेत गरिसकेको छ ।
Photo: Sudarshan Ranjit