Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNकोरोना भाइरसको संक्रमणले कोरोना हङकङमा जनजीवन कस्टकर

कोरोना भाइरसको संक्रमणले कोरोना हङकङमा जनजीवन कस्टकर

हङकङ – कोरोना  भाइरसको संक्रमणले हङकङमा एकजनाको  मृत्यु भएको छ | अहिले समको रेकर्डमा २१ जनामा कोरोना भाइरसको संग्क्रमण देखिए पनि मृत्यु भएको यो पहिले घटना हो |

मृत्यु  हने ३९ बर्षिय चिनिया नागरिक हुन् | उनि २१ जनवरीक दिन चीनको वुहान सहर गएका थिए| फर्केर हङकङ आइसकेपछि शरीरका मांशपेसीहरु दुख्ने, ज्वरो आउने लगायतका  समस्या देखा परेपछि हङकङ स्थित क्विन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो| कोरोना भाइरसको संक्रमण देखिए पछी उनलाई अर्को अस्पताल प्रिन्स मार्गरेट पठाइयो | उपचारका क्रममा उनको अस्पतालमै मृत्यो भयो | चीनको वुहान सहरबाट सुरु भएको भाइरसले दर्जन बढी देशहरुमा आतंक मच्चाईरहेको छ |

हङकङमा करिब ४० हजारको संख्यामा नेपालीहरुको बसोबास राको छ | अहिलेसम्मको रेकर्डमा कोहि पनि नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छैन | अधिकाँश नेपालीहरु निर्माण, होटल, सुरक्षाका क्षेत्रहरुम श्रम गर्दछन | भाइरसको संक्रमणकै कारण ति स्थानहरु केहि समयसम्मका लागि बन्द गरिएको छ | भाइरस संक्रमणको त्रास भए पनि सार्बजनिक स्थाहरुमा नेपलिहरु  आवतजावत बाक्लै देखिन्छ | अहिले हङकङमा मास्कको अभाव देखिएको छ | ३५ डलरमा पाइने ५० पिसको मास्क प्याकेट अहिले १ देखि २ सय डलरसम्ममा बिक्रि भैरहेको छ | नेपाली समुदायहरुमा मास्कको समस्य खासै छैन | हप्तामा ३ वटा नेपाल एयरलाइन्सको उडान हुन्छा, नेपालीहरु आफना आफन्तहरुबाट पार्सलका रुपमा मास्क मगाउने गर्छन | प्रत्यक्ष सम्पर्कको क्रममा हावाको माध्यमबाट एकदेखि अर्कामा सर्ने कोरोनाबाट बच्ने उपाएहरु मध्ये मास्क लगाउनु प्रमख उपाय हो |

भाइरसको संक्रमणकै कारण बजार पुर्णरुपमा खुल्न सकेको छैन | दैनिक रुपमा उपभोग हुने खाद्यान्न, फलफुल लगाएतको अभाव भएको छ | डिपार्टमेन्टल स्टोरहरू खालि छन् | सबै नाका बन्द भएकै कारण आयातमा समस्या भेअक्ले अति आवश्यकिय पदार्थहरु उपलब्ध हुन सकेको छैनन् | अति व्यस्त ठाउँहरुमा पनि सुनसान प्राय छ | – अबोज रोक्का

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments