तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका केन्द्रीय सदस्य तथा फोनिजका प्रदेश सदस्य नविन गुरुङलाई मातृशोक परेको छ । नवीन गुरुङकी आमा ७६ वर्षीय दिल माया गुरुङको सोमबार आफ्नै निवास इटहरी – २० तरहरमा निधन भएको हो । स्वर्गीय दिल माया गुरुङ सुगर र प्रेसर बाहेक अरु कुनै रोगबाट पीडित नभएको परिवार श्रोतले जनाएको छ । गुरुङको ३ जना छोरा, ४ जना छोरी र नातानातिनीहरु रहेकाछन् ।
स्वर्गीय गुरुङ सधै अरुकाे सेवामा आफ्नो खुसी र सुख देख्ने समाजसेवी भएको आफन्तहरु बताउनुहुन्छ । उहाँको असामयिक निधनको खबरले तमु समुदायलाई स्तव्ध तुल्याएको छ । परिवार अनुसार आज नै उहाँको अन्तिम संस्कार गरिएको बताइएको छ । गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखरा मृत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।