मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बथमगर, रमेश साउद र बिरखबहादुर विष्ट रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
दुर्घटनामा चालकसहित नौ प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा बथमगर, साउद र विष्टको घटनास्थलमै र कठायतको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा मृत्यु भएको हो ।
घाइतेमध्ये प्रहरी हवल्दार गणेश खड्का, सहायक हवल्दार गोपालबहादुर पाल, हवल्दार पुतली खड्का, नरेश कथरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना, देवराम महर, गणेश र पुतलीलाई कोहलपुर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमा पन्थीले भने ।
केन्द्रमा उपचार भइरहेकामध्ये कथरिया, धामी र महरको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेलिकप्टरमा अन्यत्र लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ स्थित से १ ज ८५४ नम्बरको जिप आज बिहान सडकबाट चिप्लिएर स्थानीय निङ्लादी नदीमा खसेर दुर्घटना भएको हो ।
मतपेटिका भरिएको गाडी जिल्ला सदरमुकाममा ओसारपसार गरेर फर्किरहेको थियो । निन्द्रा नपुगेका सवारी साधन दुर्घटनाको कारण भएको पन्थीले बताए । ड्राइभरले भरिएको मतपेटिका ओसारपसार गर्न रातभर गाडी चलाएको बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
