Homeसमाचार | NEWSनेपाल | NEPALतमु साँस्कृतिक प्रतिष्ठानद्वारा “समय तथा तनाव व्यवस्थापन” प्रशिक्षण सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा “समय तथा तनाव व्यवस्थापन” प्रशिक्षण सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा “समय तथा तनाव व्यवस्थापन” प्रशिक्षण सम्पन्न

९ चैत्र २०८१

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा विद्यार्थीहरुका लागि एकदिने “समय तथा तनाव व्यवस्थापन” प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा ३ नदिपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. को सभाहलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिष्ठानद्वारा छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजित यस कार्यक्रममा समय व्यवस्थापन सम्बन्धी संस्थाकै कार्यसमिति सदस्य मदरल्याण्ड मा.वि. का कोअर्डिनेटर तथा पि.एन क्याम्पसका लेक्चरर लोकबहादुर तमु र तनाव व्यवस्थापन सम्बन्धी मानवशास्त्री एवम् इन्जिनियर रोशन तमुले सहजीकरण गर्नुभएको थियो ।

विद्यार्थीकालमा आफ्नो पढाइ सँगै भविष्य बनाउन यस प्रशिक्षण कार्यक्रमबाट प्राप्त भएको ज्ञान अति नै महत्वपूर्ण हुने र यो सबैको लागि अत्यावश्यक रहेको कुरा प्रशिक्षार्थीहरुले व्यक्त गरे । कार्यक्रममा २० जना विद्यार्थीहरुको सहभागिता थियो भने संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कन्चन तमुले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments