Homeसमाचार | NEWSनेपाल | NEPAL‘मिलन पत्रकारिता पुरस्कार–२०८१ रेग्मीलाई प्रदान । फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ ।

‘मिलन पत्रकारिता पुरस्कार–२०८१ रेग्मीलाई प्रदान । फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ ।

‘मिलन पत्रकारिता पुरस्कार–२०८१ रेग्मीलाई प्रदान ।
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ ।

२८ फाल्गुन २०८१, बुधबार

फोनिज गण्डकीले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका पत्रकार संजय रेग्मीलाई प्रदान गरेको छ ।

समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरेको हो ।

पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका रेग्मीले आदिबासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन् । सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए । उनलाई मन्त्री गुरुङले जनजातिको मौलिक पहिचानका रुपमा रहेको फेटा र भांग्रा सहित सम्मान पत्र र नगद २० हजार १११ रुपैयाँ प्रदान गरेको हो ।

पुरस्कार लागि व्यक्तिको छनोट समितिका संयोजक तथा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एम.बी.आस्था मगरले फोनिज गण्डकी प्रदेशबाट सञ्चालन हुने गरी गण्डकी प्रदेश स्तरमा पत्रकारिताको क्षेत्रबाट आदिवासी जनजातिको आवाज मुखरित गर्ने एक जना क्रियाशील युवा पत्रकारलाई सम्मान गर्ने विधान अनुसार रेग्मीलाई छनोट गरिएको बताए ।

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् ।

पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) , खड्गबहादुर आले (तनहुँ) , मनप्रसाद गुरुङ (कास्की) , कविता घर्तीमगर (कास्की) , चन्द्रकुमारी महतो (नवलपुर) , पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) सर्वसम्मत भएका छन् ।

संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समितिका संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए । प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ ।

अधिवेशन तथा सम्मान कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए । आदिवासी जनजातिको हितका निमिक्त आदिवासी जनजातिकै पत्रकारहरुले कलम र क्यामेरा चलाउनुपर्नेमा उनको जोड थियो । उनले फोनिजको श्रीवृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोनिजलाई समेट्ने प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासचिव समिर बलामी, संघीय सल्लाहकार हुमबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले पत्रकारिताको माध्यमबाट देशको सबै क्षेत्रको विकास हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारले राम्रो कामको प्रचारप्रसार र नकारात्मक कार्यमा खबरदारी गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नवनिर्वाचित अध्यक्ष गुरुङले फोनिज गण्डकी प्रदेशलाई अग्रजको सल्लाहसँगै अनुजको साथ र सहयोगका आधारमा रचनात्मक ढंगबाट कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाइन् ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments