Homeसमाचार | NEWSनेपाल | NEPALगण्डकी प्रदेशमा गुरुङ र मगर भाषाको प्रयोग सम्बन्धी कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषाको प्रयोग सम्बन्धी कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषाको प्रयोग सम्बन्धी कार्यक्रम सम्पन्न

१२ चैत, २०८१

पोखरा: गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा गुरुङ र मगर भाषाको प्रयोग गर्ने विषयमा सोमबार एक कार्यक्रम सम्पन्न भयो। यो कार्यक्रम आदिवासी जनजाति मंचको आयोजनामा सम्पन्न भएको थियो।

यस कार्यक्रममा सम्बन्धित भाषा बोल्ने जातिका आधिकारिक संस्था तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् र नेपाल मगर संघले गण्डकी प्रदेशसभाका आदिवासी जनजाति सांसदहरूसँग छलफल गरी विधेयकको मस्यौदामा सुझावहरू राखे।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधि डा. टेकबहादुर गुरुङ र डा. विष्णु सिंजाली मगरले विधेयकमा संशोधनका लागि संस्थागत सुझावहरू पेश गरे। सांसदहरूले पनि मस्यौदामा उठेका विषयहरूमा आफ्ना राय राख्दै संयुक्त संशोधन टोली गठन गर्ने निर्णय गरिएको छ जसले छुट्टिएका पक्षहरू सम्बोधन गर्नेछ।

भाषा आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् र नेपाल मगर संघले लामो समयदेखि गरेको अभियान पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा मन्त्रीपरिषद्ले यसलाई नीति तथा कार्यक्रममार्फत अगाडि बढाएका छन्। यसैगरी, यी भाषाहरू शीघ्र नै प्रदेशको सरकारी कामकाजको भाषा बन्ने अवस्था छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments