लन्डन डिसेम्बर १८ । सहारा यूकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ निर्वाचित भएका छन् । सहारा यूकेको शनिबार भएको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ चयन भएका छन् ।
यस्तै सहारा एफसी चेयरमेनमा शारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.रि.पिताम्बर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दीप उपाध्यायलाई सर्वसम्मत निर्वाचित गरेको निवर्तमान अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।
सदस्यहरुमा मिलन गुरुङ, मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, शम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ छानिएका छन् ।
सहारा यूकेमा को–को भए अध्यक्ष
सन् २००८ मा गठित सहारा युकेको संस्थापक अध्यक्ष नविन गुरुङ रहेका थिए । उनले ६ वर्षसम्म सहारा युकेको अध्यक्षको कार्यभार सम्हालेका थिए । हरेक दुई वर्षमा सहारा यूकेको अधिवेशनबाट सन २०१५–२०१६ को अध्यक्षमा दिलिप गुरुङ ‘एमविई’, २०१७–२०१८ को अध्यक्षमा मिनबहादुर गुरुङ, २०१९–२०२१ को अध्यक्षमा कुमार गुरुङले नेतृत्व सम्हालिसकेका छन् । नवनिर्वाचित ले.रि कुसाङले सातौं कार्यसमितिको रुपमा सन् २०२२–२०२३ का लागि अध्यक्ष पदमा रहेका नेतृत्व सम्हाल्ने छन् । स्मरणीय के छ भने विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गत वर्ष अधिवेशन सम्पन्न हुन सकेको थिएन ।
यसअघि १३ औं साधारण सभा छैटौ अधिवेशनको उद्घाटन अध्यक्ष कुमार गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ र पूर्वअध्यक्ष मिनबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहारा युकेले खेल्नु पर्ने विभिन्न विषयमा आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा अध्यक्ष कुमार गुरुङले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव वाचस्पती रेग्मीले प्रस्तुत गरेको सचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सारदा गुरुङ द्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन, सहारा एफसीका चेयरमेन कृष्ण गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा विधान संशोधन समितीद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्व सम्मतरुपमा पारित गरेको छ ।
सो अवसरमा सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको १३ औं साधारणसभा छैटौ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन् । साथै उनले सातौं कार्यकालका निर्वाचित अध्यक्ष ले.रि.कुशाङ गुरुङ सहितको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफू सँधै सहाराको अभियानमा संगै हिँड्ने प्रतिबद्धता व्यक्त गरे ।
सहारा युके अवार्ड २०२१ धनु पुरन थकालीलाई
सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई प्रदान गरिएको छ । सहारा युकेको महासचिव पदमा कार्यरत रहेकै वेला उनको यही वर्ष असोज २१ गते उपचारको क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो । उनले सहारा युकेको हरेक गतिविधी तथा कार्यक्रमहरुलाई सफल बनाउन उल्लेखनीय भूमिका खेलेका थिए ।
सहारा युकेद्वारा सन २०१९–२०२१ का लागि पूर्व अध्यक्ष दिलीप गुरुङ ‘एमविइ’को संयोजकत्वमा गठित अवार्ड कमिटीले उनलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो । उक्त कमिटीमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.रि.कुसाङ गुरुङ, सचिव वाचस्पती रेग्मी, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्वअध्यक्ष मिन गुरुङ र संस्थापक सल्लाहकार महेश गुरुङ रहेका थिए ।
सहारा यूकेले आफ्नो कार्यसमितिभित्र रहेर उल्लेखनीय योगदान गर्ने सदस्यहरुलाई हरेक वर्ष सहारा यूके अवार्ड र सहारा यूके स्पेसियल अवार्डबाट सम्मानित गर्दै आइरहेको छ । अहिलेसम्म सहारा युके अवार्डबाट १२ जना तथा सहारा युके स्पेसियल अवार्डबाट ६ जना सम्मानित भएका छन् । सहारा युकेका संस्थापक नविन गुरुङलाई भने लामो समय अध्यक्षको पदमा रहेर भूमिका खेलेको भन्दै सन २०१४ मा ‘लङ्ग स्टान्डिङ प्रेसिडेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।