Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा चितवनको इच्छाकामनामा न्यानो कपडा...

कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा चितवनको इच्छाकामनामा न्यानो कपडा वितरण

कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहद्वारा चितवनको इच्छाकामनामा न्यानो कपडा वितरण

३, पौष २०७८ | चितवन । कालाबाङ्ग घरेडी पोखरा तमू समाज कास्कीको आमा समूहले चितवनको इच्छाकामना गाउँपालिकाको एक गाउँ र विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ। समाजको आमा समूहले चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय पैरेनीको विद्यार्थी र सो गाउँका विपन्न वर्गलाई आज न्यानो कपडा वितरण गरेको हो।

266795716_3123191694670266_4180314654488080311_n.jpgundefined

तमू समूदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा चर्चित टेलिभिजन कार्यक्रम ‘तमू मै ता’ ले हरेक वर्ष चलाउदै आएको ‘न्यानो ल्होसार कार्यक्रम’ अभियानसँग सहकार्य गर्दै समाजले न्यानो कपडा वितरण गरेको हो।

समाजले उक्त गाउँमा एक कार्यक्रमको आयोजना गरि ५० जना विद्यार्थीहरुको लागि स्वीटर, मोजा, टोपी, झोला, कपी, कलम लगायतका सामाग्रीहरु वितरण गरेको थियो भने गाउँका विपन्न समूदायका लागि मण्डी, पछ्यौरा, कपडा, चाउचाउ लगायतका सामाग्रीहरु वितरण गरेका थिए।

266712591_638055940674838_5050161589303888414_n.jpgundefined

यस्तै समाजले गाउँका विपन्न वर्गका दीर्घरोगीहरुको स्वास्थ्यबीमाका लागि जनही ३ हजार ५ सयका दरले ६ जनाको लागि बिमा शुल्क रकम उपलब्ध गराएका थिए।

कार्यक्रम समाजका अध्यक्ष दुर्गा बहादुर तमूको सभापतित्व तथा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङ्गको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि वडाध्यक्ष चेपाङ्गले समाजले आफ्नो वडामा आएर सहयोग गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरे।

267146602_646362686393423_1494203694797820018_n.jpgundefined

कार्यक्रममा स्वागत मन्तव्य समाजका महिला समूह अध्यक्ष मीना तमूस्योले गरेका थिए भने चर्चित टेलिभिजन कार्यक्रम ‘तमू मै ता’ का संचालक युग बहादुर तमूले मन्तव्य राख्दै जीवनमा शिक्षाको महत्वका बारे बताए।

कार्यक्रमको अन्तमा बोल्दै समाजका अध्यक्ष दुर्गा बहादुर तमूले तमू ल्होसारमा सबैले खुशी साथ मनाउन सकुन भन्ने अभिप्रायले समाजले सानो सहयोग गर्दै हरेक वर्ष न्यानो ल्होसार कार्यक्रम गर्दै आईरहेको बताए। यस्तै उनले समाजले विगत ३–४ वर्षदेखि निरन्तर यसरी नै तमू ल्होसार मनाउदै आईरहेको पनि बताए।

267239005_937551730237728_5894212711985686426_n.jpgundefined

कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक देव बहादुर तमूले अधिकांश विपन्न वर्ग र सीमान्तकृत चेपाङ समूदायको विद्यार्थीहरु अध्ययन गर्ने र न्यानो कपडा नहुदा जाडोमा विद्यार्थी अनुपस्थीत हुने समस्या भैरहेकोले समाजले न्यानो कपडा उपलब्ध गराईदिएको खुशी व्यक्त गर्दै समाजलाई धन्यवाद व्यक्त गरे

यस्तै कार्यक्रममा वडा सदस्य पार्वती तमूस्यो, विद्यालयका प्रध्यानाध्यापक दान बहादुर तमू, विव्यस अध्यक्ष सुरज लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष मिलन तमू का साथै समाजका संस्थापक संरक्षक मन बहादुर तमू, सल्लाहकारहरु सु. लिल बहादुर तमू, बत्तीमाया तमूस्यो, मैता तमूस्यो लगायत अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments