Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसमाजसेवी गुरुङद्वारा आफ्नो जन्मदिनमा तीन संस्थालाई सहयोग

समाजसेवी गुरुङद्वारा आफ्नो जन्मदिनमा तीन संस्थालाई सहयोग

समाजसेवी गुरुङद्वारा आफ्नो जन्मदिनमा तीन संस्थालाई सहयोग
पोखरा, ५ मंसिर २०७८

हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफ्नो जन्मदिनको अवसर पारी यही मंसिर २ गते तीन संस्थालाई सहयोग गर्नुभएको छ ।

मिलन फाउण्डेशन नेपालका संरक्षक, मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं पर्वत मञ्च–हङकङका अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् पाल्पाको एक विद्यालय र पुस्तकालयका लागि न्यानो पोशाक तथा पुस्तक सहयोग गर्नुभएको छ ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि न्यानो पोशाक र सोही विद्यालयमा स्थापित मिलन पुस्तकालयका लागि आवश्यक पुस्तक बिहीबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

सो अवसरमा वडाध्यक्ष उमानसिंह सारू, मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष देवी गुरुङ, सचिव खडकबहादुर गुरुङ “मदन”, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक देउकी सिंजाली “दिपिका मिलन”लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजाली, प्रधानाध्यापक नारायण मसराङ्गी र मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा विद्यार्थीहरूलाई कक्षागत रुपमा न्यानो पोशाक वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सारूले समाजसेवी गुरुङले विद्यालयका लागि दिएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । सहयोगस्वरुप प्राप्त भएको सामानको सही सदुपयोग गर्न आग्रह गर्दै वडाध्यक्ष सारूले सरकारी होस् या गैर सरकारी सहयोग भएपनि सहयोगलाई सही ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले फोक्सिङकोटका अरु विद्यालयमा पनि यस्तै खालको सहयोगलाई विस्तार गर्न मिलन फाउण्डेशन र समाजसेवी गुरुङलाई आग्रह गर्नुभयो ।
मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष गुरुङले समाजसेवी गुरुङले हरेक वर्ष फाउण्डेशनमार्फत् विभिन्न ठाउँमा सहयोग गर्दै आउनुभएको बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका सचिव खडकबहादुर गुरुङ “मदन”, मिलन पुस्तकालयका अध्यक्ष एवं वडा जनप्रतिनिधि दुर्गाबहादुर सिंजाली र शिक्षक अभिभावक संघकी अध्यक्ष अम्बिसरा सिंजालीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका कलिसरा जर्घा र शिक्षक शंकर काम्मुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको संयोजन समाजसेवी गुरुङकी छोरी एवं मिलन फाउण्डेशन नेपालकी कोषाध्यक्ष देउकी सिंजाली “दिपिका मिलन”ले गर्नुभएको थियो ।

यसैबीच, समाजसेवी गुरुङले आफ्नो जन्मदिनको अवसरमा महिला तथा बाल विकास मञ्च नेपाल (माया घर), काठमाडौंलाई समेत ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । समाजसेवी गुरुङले माया घरकी सञ्चालिका दुर्गा आचार्यलाई सो सहयोग रकम प्रदान गर्नुभएको हो ।

त्यस्तै, तमुस्यो रि च्हमी परिवारलाई समेत समाजसेवी दुर्गा गुरुङ “मिलन”ले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । परिवारकी अध्यक्ष गौरी गुरुङ “मिलन”लाई सो रकम हस्तान्तरण गर्नुभएको हो । समाजसेवी गुरुङले हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारी यी संस्थालाई सहयोग गर्दै आउनुभएको छ ।

विभिन्न सामाजिक संघसंस्थाको विभिन्न जिम्मेवारीमा समेत क्रियाशील रहनुभएका समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् शिक्षा, खेलकुद तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । पर्वत, पाल्पा, कास्की, लमजुङ, चितवनलगायतका जिल्लामा समाजसेवी गुरुङले विभिन्न अवसरमा सहयोग गर्नुभएको छ ।

Photo Album

मिलन फाउन्डेसनका संरक्षक Durga Ghotane Milan को जन्म दिनको अवसरमा पाल्पाको सुरुम डाडामा स्थित मिलन पुस्तकालयमा पुस्तक एंव महेन्द्र आधारभूत बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण कार्यक्रम https://www.facebook.com/media/set/?vanity=Milan.World.News&set=a.1065461604251622

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments