Homeसमाचार | NEWSनेपाल | NEPALबहादुरे तमुद्वारा बहादुरे मा.बि.का छात्रलाई छात्रवृत्ति प्रदान

बहादुरे तमुद्वारा बहादुरे मा.बि.का छात्रलाई छात्रवृत्ति प्रदान

बहादुरे तमुद्वारा बहादुरे मा.बि.का छात्रलाई छात्रवृत्ति प्रदान
२०७८ मंगसिर १० गते | पोखरा

बहादुरे(सोम त्होर्जे तमु)द्वारा स्थापन गरेको तमु संस्कृतिक प्रतिष्ठान नेपाल द्वारा संचालित “सोम एवं बबिता तमु छात्रवृत्ति” अन्नपूर्ण गा.पा. वडा नम्बर ४ भदौरी गाउँ स्थित श्री बहादुरे माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रम गरि तमु(गुरुङ) गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो |

कार्यक्रममा छात्र कृतन  तमु (गुरुङ)लाई अक्षयकोषदाता सोम त्होर्जे तमु (बहादुरे) र उहाँको धर्मपत्नी बबिता प्हच्यु तमुले छात्रवृत्ति प्रदान गर्नु भयो | उक्त छात्रवृत्ति कृतन गुरुङलाई कक्ष नौ(९) देखि कक्षा बाह्रा(१२) सम्म पढ्न प्रदान गरेको हो |

बहादुरे तमुले गरिब तथा जेहेन्दार तमु छात्रछात्राहरुलाई उच्चा शिक्षा हासिल गर्नको लागि “सोम एवं बबिता छात्रवृत्ति” तमु संस्कृतिक प्रतिष्ठान नेपालमा स्थापना गर्नु भएको जानकारी प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमुले मिलन विस्व समाचारका सम्बाददाता मणी लाल गुरुङलाई जानकारी दिनु भयो |

समाजसेवी बहादुरे(सोम त्होर्जे तमु)ले श्री बहादुरे माध्यमिक विद्यालयका मुख्य प्रबेसद्वार निर्माण गर्नुको साथै अन्य धेरै आर्थिक, भौतिक एवं नैतिक सहयोग वर्षौं देखी निरन्तर गर्नु भएको जानकारी उहाँका बालसखा सहपाठी बर्तमान प्रधानाध्यापक राम प्रसाद पौडेलले दिनु भयो | समाजसेवी बहादुरे(सोम त्होर्जे तमु) बेलायत (UK)को तमु(गुरुङ) मौलिक धार्मिक एवं सामाजिक संस्था तमु प्ये ल्हु संघमा १२ वर्ष सम्म ( ६ वर्ष अध्यक्ष र ६ वर्ष संस्थापक उपाध्यक्ष) पदमा रही समाजको सेवा गर्नु भएको थियो भने हाल उहाँ संघका सल्लाहकार हुनु हुन्छ | उहाँ बेलायतमा एक सफल रेस्टुरेन्ट व्यवसायी पनि हुनु हुन्छ |

कार्यक्रममा विद्यालयद्वार संचालित “धन ठुलोकी स्वास्थ्य ठुलो?” विषयमा बादबिबाद कार्यक्रम अयोजना गरेका थिए | बादबिवाद कार्यक्रममा पहिलो, दोश्रो, तेश्रो र चोथो हुने छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहदुर सरब्ज तमुले पुरस्कार वितरण गरेका थिए |

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रशाद पौडेल, पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एवं अन्नपुर्ण गा.पा. वडा नं ४ प्रतिनिधी सदस्य अनिल त्होर्जे तमु  एवं बिद्यालयका भू.पू. विद्यार्थी र अक्षयकोषदाता सोम त्हर्जे तमुले आफ्ना मन्तब्य प्रस्तुत गर्नु भएको थियो |

छात्रबृत्ति वितरण कार्यक्रममा अक्षकोष दाता सोम तमु (बहादुरे)को श्रीमती बबिता प्हच्यु तमु, छोरी निकिता त्होर्जे तमु, सासूआमा, ठुलो दाज्यु प्रेम बहादुर त्होर्जे तमु, टेक बहादुर त्होर्जे तमु, शिक्षक- शिक्षिक, छात्रछात्रा एव अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो |

 

 

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments