Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALवरिष्ठ समाजसेवी गुरुङद्वारा तमुधिं नेपालको निर्माणाधीन सामुदायिक भवनलाई १ लाख ५० हजार...

वरिष्ठ समाजसेवी गुरुङद्वारा तमुधिं नेपालको निर्माणाधीन सामुदायिक भवनलाई १ लाख ५० हजार सहयोग

वरिष्ठ समाजसेवी गुरुङद्वारा तमुधिं नेपालको निर्माणाधीन सामुदायिक भवनलाई १ लाख ५० हजार सहयोग

पोखरा वैशाख ७ । तमु धिं नेपालको निर्माणाधीन सामुदायिक भवन तथा प्रवेशद्वारका लागि वरिष्ठ समाजसेवी पर्वत मञ्‍च हङकङका अध्यक्ष, मिलन डिजी इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गाबहादुर गुरुङ ‘मिलन’ ले १ लाख ५० रुपैयाँ सहयोग गरेका छन् ।

तमुहरुको पुरानो सामाजिक संस्थाको भवन निर्माण सहयोगार्थ उपलब्ध रकम शनिबार मिलनकी आमा एवं मिलन ट्रस्ट २०७४ की संरक्षक सावित्री कुमारी गुरुङले हस्तान्तरण गरेकी हुन् । सहयोग रकम अध्यक्ष हुमबहादुर तमुले ग्रहण गरेका थिए । अध्यक्ष गुरुङले  १ लाखभन्दा बढी सहयोग गर्ने दातालाई तमुधिं नेपालका संरक्षक सदस्यमा मनोनीत गर्ने गरिएको बताए ।

पर्वत जिल्ला, बाजुङ फलाल्ने गाउँ भई पोखरा मोहोरिया टोल निवासी, हाल हङकङमा कार्यरत गुरुङ, मिलन ट्रष्ट २०७४का अध्यक्ष, मिलन विश्व समाचारका अध्यक्ष, मिलन फाउन्डेशन नेपालका संरक्षक, आयुक अर्गानिक कृषि फर्मका संरक्षक, मिलन पुस्तकालय पाल्पा सुरुमडाँडाका संरक्षक, तमुस्यो रिं च्हमी परिवारका संरक्षक, क्यु प्हो छे गुरुङ चलचित्रका निर्माता, कास्की अफसेटका सञ्चालक समेत हुन् । समाजसेवी गुरुङले सहयोग गरेकोमा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले धन्यवादसहित आभार व्यक्त गरेका छन् ।

‘मन एवम धनका धनी, दानवीर आदरणीय श्री दुर्गाबहादुर गुरुङ ‘मिलन’ दाईले सहयोग गर्नुभएको १,५०,५०० रुपैयाँ पुजनीय आमा आर्शीवादसहित ग्रहण गर्ने शौभाग्य प्राप्त भयो । आदरणीय दाई दुर्गा, पुजनीय आमा तथा परिवारजनमा धन्यवादसहित आभार व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौं’ अध्यक्ष हुमबहादुर गुरुङले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

कास्कीको पोखरा महानगरपालिका ९ नयाँबजारमा बन्दै गरेको दुई तले सामुदायिक भवन र तमु संस्कर्ति झल्कने स्वागतद्वाराको चैत १२ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले एक समारोहबीच शिलान्यास गरेका थिए । भवनको लागत १ करोड ४२ लाख ८५ हजार ७१४ रहेको तमु धिंले जनाएको छ । अध्यक्ष गुरुङका लागत रकममध्ये ७० प्रतिशत सरकारबाट र बाँकी ३० प्रतिशत सहयोग संकलन गर्ने योजना रहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments