Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAफोटो | PHOTOमाइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान

माइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान

माइला–कान्छाको उदाहरणीय लकडाउन राहत सहयोग अभियान

फोटो एल्बम (PHOTO ALBUM – 400 Photos)

बिहानी बेलुकाको पैदल यात्रा गर्दै गर्दा बिरामी, दृष्टिविहिन, दुर्घटनामा परी दीर्घ स्वास्थ्य समस्या भएकाहरुलाई पार्वती गुरुङ र माया गुरुङले जे जति आफुसँग छ सहयोग गर्दै जानुभयो। उक्त सहयोगको सामाजिक सञ्जालबाट फोटो भिडियो प्रसारणले माइला–कान्छा लकडाउन राहत सहयोग अभियान जन्मायो।अभियान नै सञ्चालन गर्ने विचार नभए पनि लकडाउन लम्बिदै जाँदा दीन दुःखीको समस्यालाई उहाँहरुले नजिकबाट महसुस गर्नुभयो।
{vsig}photos/maaila-kanchha-rahat-bitaran-abhiyan{/vsig}
बिपन्नहरुका चुल्हो निभ्न खोज्दा आफै भोको परेको जस्तो महसुसका साथै आफन्त, इष्टमित्र, साथीभाईले कर्मथलो युकेबाट सहयोग पठाउन शुरु गरे पश्चात माइला–कान्छा लकडाउन राहत सहयोग अभियान कै रुपमा सञ्चालन भयो। सिधा सहयोग समस्यामा परेका समक्ष वितरणका साथै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण र मिडिया कभरेज हुदै गर्दा सहयोगदाताहरु थपिदै गए।
 
लकडाउन अर्थात बन्दाबन्दीले अरु घर भित्रै बसिरहदा माइला–कान्छा समस्यामा परेका, चुलो निभ्नै लागेकाहरुको खोजीका साथै सिधा राहत वितरण गरी उनीहरुको हात र मुख जोड्ने माध्यम बन्दै जानुभयो। एक ठाँउमा होइन, दिनमा तिन तिन ठाँउमा बृहत राहत वितरणका कार्यक्रम गरिए।त्यति मात्र होइन अति नै समस्यामा परेका अपांग, विपन्न, दीन दुःखी, असहायको घर घरैमा भगवान बनेर माइला–कान्छा पुग्नुभयो।उहाँहरुको राहत वितरण र सहयोग हस्तान्तरणको शैलीका कारण सहयोगदाताहरु युके मात्रै होइन अमेरिका, हङकङ र नेपालबाट पनि थपिदै गए।सहयोगहरु व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा माइला–कान्छा लकडाउन राहत सहयोग अभियानमा दिनदिनै आउदै गर्दा माइला–कान्छा(पार्वती–माया गुरुङ)को राहत वितरण तथा नगदै रकम सहयोग हस्तान्तरण दैनिकी जस्तै बन्यो।
 
कति त शिर्षक तोकेरै सहयोग आउने गरेको माइला(पार्वती गुरुङ) बताउनुभयो।शिर्षक तोकेरै आएको सहयोग भनेकै ठाँउमा आहत बनेकाहरुलाई राहतको मल्हपट्टि लगाउदै जानुभया। असहायहरुको समस्या समाधान गर्दै जाँदा परिवार मात्रै होइन सेवामा आफै हराइरहेको हो कि भन्ने देखिन्थ्यो।चामलको बोरा आफै बोकेरै व्यवस्थापन गर्न समेत जुट्न भ्याउने, स्त्री शक्ति माइला–कान्छा।
 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments