Homeसमाचार | NEWSनेपाल | NEPALपोखराको विभिन्न स्थानमा भैरवनृत्य प्रदर्शन

पोखराको विभिन्न स्थानमा भैरवनृत्य प्रदर्शन

नेवर सामुदाएको संस्कृतिमा आधारित भैरवनृत्य प्रदर्शन पोखराका विभिन्न स्थानमा हुने भएको छ । मंसिर १५ गतेदेखि सुरु हुने भैरवनृत्य सुरुका दिन नाटेश्वरको सम्मान स्वरुप पोखरा भिमसेन टोल स्थित भिमसेन मन्दिरमा प्रदशन गरिनेछ । १६ गते गणेशटोल स्थित गणेश मन्दिर, १७ गते तेर्सापट्टी स्थित सरस्वती मन्दिरमा र १८ गते विन्ध्यवासिनी मन्दिरमा प्रदर्शन गरिने सोमबार पोखरामा आयोजित पत्रकार संमेलनमा जानाएको छ ।

त्यसैगरी १९ गते गणेश मन्दिर, भैरवटालमा र २२ गते गरुको सम्मान स्वरुप गुरु कृष्णदेव प्रधानांगको निवासमा नृत्य प्रदशन गरिनेछ । साथै भक्तजनहरुको घरमा समेत प्रदशन गरिने नृत्य चैत महिनाको मसान्तर समापन हुने, भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तिर्थमान प्रधानांगले जानकारी दिनुभयो । भैरवको पुजनबाट दुःख, कष्ट नष्ट हुने जनविश्वास रहेको छ ।

अध्यक्ष प्रधानांगका अनुसार २ सय ५० वर्ष अघि पोखराका नेवार सामुदायले यो नृत्य तत्वावधानमा सुरु गरिएको हो । १२ वर्षको अन्तरालमा गरिँदै आएको नृत्य २ हजार २९ साल देखि प्रत्येक ६ वर्षको अन्तरालमा गरिइदै आएको छ । नृत्यमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नृत्य गरिने प्रचलन रहेको समितिका सल्लाहकार तिर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments