Homeसमाचार | NEWSनेपाल | NEPALमिलन ग्रुप अफ नेपालद्वारा सञ्चारकर्मी पञ्चसुब्बा सम्मानित

मिलन ग्रुप अफ नेपालद्वारा सञ्चारकर्मी पञ्चसुब्बा सम्मानित

पोखरा । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सञ्चारकर्मी दिल बहादुर गुरुङ ‘पञ्चसुब्बा’लाई मिलन ग्रुप अफ नेपालद्वारा स्थापित पुरस्कारबाट सम्मानित गरिएको छ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा पञ्चसुब्बालाई नगद रु. २० हजारसहित दोसल्ला, फेटा र प्रमाणपत्र प्रदान गरिएको हो।

मिलन ग्रुप अफ नेपालका तर्फबाट सावित्री गुरुङले सञ्चारकर्मी पञ्चसुब्बालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

सञ्चार क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका पञ्चसुब्बाको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको मिलन ग्रुप अफ नेपालले जनाएको छ। सम्मानपछि सञ्चारकर्मी पञ्चसुब्बालाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments