
तमू (गुरुङ) समुदायको इतिहासमा पहिलोपटक ‘तमू आइडल २०७७’ आयोजना हुँदैछ । सहभागिले नेपाल समय अनुसार पुस १० गते शुक्रबार बिहान ११ बजेसम्मको लागि समय तोकिएको छ ।

आफूले गाएको भिडियोसहितको गीत ‘तमू आइडल २०७७’ को फेसबुक ग्रुपमा अपलोड गरी पुरस्कार जित्न सकिने आयोजकले जनाएको छ । ‘तमू आइडल २०७७’ को पुरस्कार राशी कूल ५० हजार रुपैयाँ रहेको छ । प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्धितीय हुनेलाई १५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्नुका साथै कोरोना संक्रमण जोखिमबाट बच्न र नव प्रतिभाको उजागर गर्न तमु आइडल आयोजना गरिएको आयोजक समितिका संम्पर्क व्यक्त सिरी गुरुङले बताउनुभयो ।
प्रतियोगितामा भाग लिन चाहनेले बढीमा ५ मिनेको आफ्नो भिडियोसहितको गुरुङ गीतलाई ‘तमु आइडल २०७७’ को फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।
क्याम्पसनमा गीतको बोल साथै आफ्नो नाम, स्थायी र अस्थाई ठेगाना उल्लेख गर्नुपर्नेछ । प्राप्त
भिडियोलाई निर्णायक मण्डलले उक्त फेसबुक ग्रुपमै पब्लिस गर्ने कलाकार गणेश गुरुङले बताउनुभयो ।
सिभिल बैंक लिमिटेडको प्रायोजनमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमू ल्होसार मुल आयोजक समिति २०७७ ले ल्होसारको अवसरमा ‘तमू आइडल २०७७’ आयोजना गरेको हो ।

