Homeसमाचार | NEWSप्रबास | NRNतमु प्ये ल्हु संघहरुको जुम भर्चुल कार्यक्रम तमु ल्होसारको दिन

तमु प्ये ल्हु संघहरुको जुम भर्चुल कार्यक्रम तमु ल्होसारको दिन

तमु प्ये ल्हु संघहरुको जुम भर्चुल कार्यक्रम तमु ल्होसारको दिन

लन्डन पुस १ । यस वर्ष (कोभिड-१९) कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका कारण तमु (गुरुङ) हरुको नयाँ वर्ष (ल्होसार) महोत्सव सामूहिक रुपमा जम्मा भएर भव्य रुपमा मनाउन असमर्थ भए पनि तमु प्ये ल्हु संघ केन्द्रीय समिति नेपालको सहमतिमा तमु प्ये ल्हु संघ यूकेले तमुहरुको नयाँ लोँ ल्हो (गाई बर्ग) को पावन अवसरमा यही ३० डिसेम्बर (पुस पन्ध्र) लोँ ल्हो-ल्होसारको दिनमा तमु प्ये ल्हु संघ केन्द्र लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु प्ये ल्हु संघ शाखाका मुख्य पदाधिकारीहरुसँग जुम भर्चुलमार्फत परिचयात्मक तथा शुभकामना अदान प्रदान गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ |

उक्त जुम भर्चुल कार्यक्रममा स्वदेश तथा विदेशमा क्रियाशील रहेका सम्पूर्ण तमु प्ये ल्हु संघका अधक्ष, उपाध्यक्षहरु, सचिव, कोषाक्ष्यक्ष र प्रमुख सल्लाहकार तथा समस्त तमुहरुलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ | कार्यक्रममा गुरुङहरुको धर्म गुरुहरु (तमु खेगीहरु) बाट आ-आफ्नो स्थानमा पूजा गरिसकेपछि आशीर्वाद दिने व्यवस्था पनि मिलाइने तमु प्ये ल्हु संघ यूकेले जनाएको छ । कार्यक्रमको प्रमुख अथितिको रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भर्चुलमार्फत शुभकामना मन्तव्य व्यक्त गर्नेछन् |

स्मरण रहोस्, तमु प्ये ल्हु संघको केन्द्रीय कार्यालय पोखरा नेपालमा अवस्थित छ भने गुरुङहरुको बस्ती रहेको नेपालको हरेक जिल्लामा शाखा कार्यालयहरु र प्रवासमा पनि एक दर्जनभन्दा बढी शाखाहरु क्रियाशील रही तमु (गुरुङ) हरुको मौलिक धर्म, संस्कार संस्कृति, भाषा तथा भेषभुषाको संरक्षण, प्रवर्द्धन, संवर्द्धन र विकासका लागि प्रयत्नशील रहेको छ ।

तमु लोँ ल्हो (गाई बर्ग) ल्होसारको पावन अवसरमा देश विदेशमा रहेको सम्पूर्ण तमुहरु तथा गैर तमुहरुमा तमु प्ये ल्हु संघ यूके हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं | यहाँहरु सबैलाई यस भर्चुल कार्यक्रममा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा ।

धन्यवाद !
तमु प्ये ल्हु संघ यूके

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments