कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेदरल्याण्ड्सले सेनेगललाई पराजित गरेको छ ।
कतारको दोहास्थित अल थुमा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले हराएको हो । नेदरल्याण्ड्सको जितमा कोडी गाक्पो र डेभि क्लासेनले एक एक गोल गरे ।
दुवै गोल खेलको दोस्रो हाफमा भएका थिए ।
८४औं मिनेटमा फ्रान्की डी जोङको असिस्टलाई सदुपयोग गर्दै गाक्पोले हेडरमार्फत पहिलो गोल गरेका थिए ।
त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे । जितसँगै नेदरल्याण्ड्सले ३ अंक जोडेको छ ।
यसैबीच मंगलबार दिउँसो १२ः४५ बजे कतारको अल अहमद रंगशालामा भएको खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् ।