Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDनारायण बने प्रथम पूल प्रतियोगिताको च्याम्पियन

नारायण बने प्रथम पूल प्रतियोगिताको च्याम्पियन

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङनादो बुसान शाखाद्वारा आयोजित लुम्बिनी रेष्टुरेन्टमा सम्पन्न प्रथम पूल प्रतियोगिताको उपाधी ख्वाङ्ग्वेन पूल क्लबका नारायण घर्ती मगर (म्याग्दी)ले चुमेका छन् । उक्त प्रतियोगितामा अन्तिम प्रतिद्धन्दी जिवन सिङ्जाली मगर (गोरखा)लाई फाईनलमा ३-० सोझो सेटको स्थितिमा नारायणले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १३ लाख कोरियन वोनले पुरस्कृत भएका हुन् ।

सो प्रतियोगितामा दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल जिवन सिङ्जाली मगर (गोरखा) र पासाङ शेर्पा (सोलुखुम्बु) ले ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ७ लाख र ३ लाख कोरियन वोन प्राप्त गरे । प्रतियोगिताभरी उत्कृष्ट खेलाडी घोषित हुँदै पासाङ शेर्पा (सोलुखुम्बु) मेडल र प्रमाणपत्र सहित ५० हजार कोरियन वोनले पुरस्कृत भए । टाईसिटको आधारमा स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गरिएको सो प्रतियोगितामा ४६ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका केन्द्रीय महासचिव प्रितम लिम्बु, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई, गैर आवासीय नेपाली संघ दक्षिण कोरिया बुसान शाखाका अध्यक्ष सानुराज मगर, अतिथिहरुमा बुसान क्षेत्र वरिपरिका जातीय, क्षेत्रीय, सामाजिक लगायत विभिन्न संघसंस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरु र खेलप्रेमी महानुभावहरु सहितको करिब २ सय जनाको उपस्थिति रहेको सो प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा पुरस्कार राशी ७ लाख कोरियन वोनका लागी नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया केन्द्रीय कार्यसमिति, तेश्रो पुरस्कार राशी ३ लाख कोरियन वोनका लागी लुम्बिनी रेष्टुरेन्ट किम्हेका प्रोप्राईटर नरेश श्रीष मगर र उत्कृष्ट खेलाडी विधातर्फ ५० हजार कोरियन वोनका लागि तमू धीं बुसान शाखाका सहसचिव मोहन गुरुङले सौजन्य गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङनादो बुसान शाखाकी अध्यक्ष परी गुरुङको सभाध्यक्ष, सोही संघका उपाध्यक्ष कृष्ण महर्जनको स्वागत मन्तव्यसँगै शुरु भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन आयोजक संघका सचिव अम्बर लामाले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments