Homeसमाचार | NEWSखेलकुद | SPORTSएक लाख राशीको बाजुङ भलिबलमा समाजसेवी गुरुङद्धारा पुरस्कार सौजन्य

एक लाख राशीको बाजुङ भलिबलमा समाजसेवी गुरुङद्धारा पुरस्कार सौजन्य

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा आयोजना हुन लागेको एक लाख राशीको भलिबल खेल प्रतिगोगिताको प्रथम पुरस्कार समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले गर्नु भएको छ।
बाजुङमा रहेको मोदी यूवा सञ्जाल (बाजुङ शाखा) को आयोजनामा यस वर्ष पनि विजया दशमीको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जसको मुख्य आकर्षको रुपमा जिल्ला खुल्ला वडा स्तरीय पुरूष भलिवल प्रतियोगिता राखिएको छ । उक्त प्रतिगोगितामा प्रथम हुने समूहले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । उक्त प्रथम पुरस्कार हाल हङकङमा रहेर नेपालमा सक्रिय समाजसेवा गर्दै आइरहेका गुरुङले सौजन्य गरेका हुन । गुरुङ मिलन फाउण्डेसन नेपालका संरक्षक तथा मिलन डि.जी इन्टरनेशनलका अध्यक्ष  हुन् ।

सञ्जालका सचिब चन्द्रप्रकाश पौडेल (सुमन) ले गुरुङले विगतका वर्षहरुदेखि बाजुङ सहित देशका बिभन्न ठाउँमा पनि विद्यालय, स्वास्थ्य संस्था, खेलाडी, चलचित्रकर्मी, सामाजिक रुपमा समस्यामा परेकाहरु लगायतलाई निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै आफ्नो जन्मगाउँमा हुन लागेको कार्यक्रममा सघाएको सञ्जालकोतर्फबाट आभार व्यक्त गरे ।
विगतदेखि नै हरेक वर्षमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको शाखाले यस वर्ष ‘युवाहरुलाई खेलकुद तर्फ आकर्षण गरौँ, स्वस्थ र समुन्नत समाजको निर्माण गरौँ ।’ भन्ने मूल नाराका साथमा बिबिध खेलकुद एवं साँस्कृतिक कार्यक्रम–२०७९ को आयोजना गरेको हो ।

कार्यक्रममा प्रौढ भलिवल प्रतियोगिता, घैँटो फोर्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, पोलमा भाले प्रतियोगिता, महिलाका लागि डोरी तान्ने प्रतियोगिता, ठेलो फाल्ने प्रतियोगिता, आर्म रेस्लिङ लगायतका विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
साँस्कृतिक तथा खेलकुदका सबै कार्यक्रमहरु स्थानीय महेन्द्र शिखरी माध्यमिक विद्यालयको यही असोजको १३ गतेबाट सुरु हुने छन् । प्रतियोगितामा भाग लिन चहाने समूहले कार्यक्रम सुरु हुने अघिल्लो दिन असोज १२ गतेभित्रमा समूह दर्ता गरिसक्नुपर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा पुरुष भलिबलमा द्धितिय र तृतिय हुने समूहलाई क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ नगद सिहत शिल्ड मेडल र प्रमाणपत्र, ४० वर्ष उमेर माथिको प्रौढ भलिवलका प्रथम र द्धितिय क्रमशः २५ र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तोकिएको छ । यस्तै आर्म रेस्लिङको बिजेता बन्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने सचिव पौडेलले बताए । भलिबलतर्फका बेस्ट स्पाईकर, बेस्ट प्लेयर, बेस्ट लिब्रो र अनुशासित खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको अध्यक्ष दिपेन्द्र हमालले बताए ।
साँस्कृतिक कार्यक्रमहरुतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments