Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतालिम तथा प्रशिक्षण समापन

तालिम तथा प्रशिक्षण समापन

गण्डकी प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम तथा प्रशिक्षण समापन भएको छ । आसोज २८ गते देखि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ बारे समाचार संकलनमा सहज हुने, उद्देश्यले तालिम तथा प्रशिक्षणको आयोजना गरिएको हो । राष्ट्रिय खेलकुद परिषद नेपालको आयोजना तथा नेपाल खेलकुद मञ्च गण्डकी प्रदेशको संयोजक र प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका लगायतको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

 

उक्त अवसरमा बोल्नुहुँदै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेटको अभाव हुन नदिने बताउनुभयो । साथै सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एकराज गिरी, सचिव अञ्जन खड्का, तालिममा सहभागिको तर्फबाट अग्रज पत्रकार कमल पौडेल अथक, पत्रकारद्धय प्रतिक्षा काप्mले र हरी खरेलले तालिममा लिएको कुरालाई व्यवहारीक रुपमा उतार्ने र अरुलाई पनि सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतियोगितामा ३६ खेलबारे प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका दिनानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुरज श्रेष्ठले गर्नुभएको थियो भने, महासचिव राजाराम पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments