Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा सहायता कक्ष उद्घाटन

पोखरामा सहायता कक्ष उद्घाटन

पोखरा पृथ्वीचोक स्थित वसपार्कमा रहेको यात्रु सहायता कक्षको शुक्रबार उद्घाटन गरिएको छ । नजिकिदै गरेको दशै, तिहार र छट पर्वका लागि यात्रुहरुलाई सहज हुने उद्देश्यले सहायता कक्षको सुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमख, प्रहरी निरीक्षक प्रकाश साहाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त रुपमा भएको एक कार्यक्रमवीच प्रमुख जिल्ला अधिकारी देव वहादुर केसीले उद्घाटन गर्नुभएको थियो । पोखरा धरानको लामो दुरीमा चल्ने ग१ख ७१६४ नम्बरको चालक तथा सह चालकलाई केसीले सफल यात्राका लागि फुलमाला लगाइदिनुभएको थियो ।

लामो तथा छोटो दुरीका यातायातका यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पु¥याउनका लागि चालकहरुलाई केसीले आग्रह गर्नुभयो । साथै गाडीको सिट क्षेमता भन्दा वढी लोड हुने गरी यात्रु नवोक्न समेत उहाँले आग्रह गर्नुभयो । ट्राफिक प्रहरी गण्डकी प्रदेश कार्यालय गगन गौडाका प्रमुख गोविन्द अधिकारीले यात्रा गर्ने क्रममा कुनै समस्या परेको खण्डमा यात्रुहरुलाई सहायता कक्षमा सम्पर्क गर्नका लागि आग्रह गर्नुभयो । पोखरा ९ का अध्यक्ष दिपेन्द्र मरासिनीले चाडपर्वलाई मात्र नभएर पोखरामा असोज २८ देखि हुन लागेको नवौ राष्ट्रिय खेलकुदका लागि आउने खेलाडीहरुका लागि पनि सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । पृथ्वी राजमार्ग यातायात प्रालीका अध्यक्ष गोविन्द केसीले दुर्घट्ना हुन नदिन सम्वन्धीत निकायका सवै सचेत रहनुपर्ने बारे बोल्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments