तमु साँस्कतिक प्रतिष्ठान, नेपालको ८ औं अधिवेशन बाट पुनः चित्र बहादुर गुरुङ चयन हुनुभएको छ । पोखराको तमु धिंमा भएको अधिवेशनले गुरुङको अध्यक्षतामा निवर्तमान अध्यक्ष चिज काजि गुरुङ सहितको १५ कार्य समिति सर्वसहमत चयन हुनुभएको हो । जसको प्रथम उपाध्यक्षमा श्रीजङ गुरुङ, उपाध्यक्षमा डमर गुरुङ, सचिवमा कंचन गुरुङ, सह–सचिबमा भेष बहादुर गुरुङ, कोषाध्यक्षमा श्याम बहादुर गुरुङ, सह–कोषाध्यक्षमा ओम गुरुङ चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा हिरा देवी गुरुङ, मनलाल गुरुङ, लक्ष्मी गुरुङ, किरण गुरुङ, लोक बहादुर गुरुङ, आरती गुरुङ, धन कुमारी गुरुङ रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै, कार्यक्रममा तमु प्ये ल्हुसंघ केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले तमु समुदायहरुको भाषा, भेषभुषा, धर्म संस्कार, संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसलाई संरक्षण गर्न सके, तमु सामुदायलाई मात्र नभइ, सिंगो मुलुकको धार्मिक तथा आर्थिक विकास हुनेमा अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभएको थियोे । विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु सामुदायहरुको हक अधिकारका लागि सवै तमुहरु एक हुनुपर्नेमा जोड दिनुहुँदै, नेतृत्व तहमा पनि पुग्नका लागि तमुहरुलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानको २० औं वार्षिक साधारण सभा तथा ८ औ अधिवेशनमा सचिव भेष बहादुर गुरुङले वार्षीक कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष श्याम बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको थियो । उक्त अवसरमा तमु साँस्कृतिक प्रतिष्ठान, नेपालको विद्यार्थी छात्रवृति अक्षयकोषमा मेनकाजी ÷ मीरा तमु स्मृति छात्रवृति स्वरुप मेनकाजी र मीरा तमुको छोराछोरीले नगद एक लाख २५ हजार रुपैया प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा प्रतिष्ठानका आजिवन सदस्यहरु लक्ष्मी देवी चिउली पाचे तमु समाजको ३७ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ समाजसेवीको तर्फबाट सम्मानित हुनुभएकोमा र तमु कलाकार संघ गण्डकी प्रदेशको अध्यक्षमा चयन हुनुभएकोमा सुरेन्द्र तमु, लगयातलाई वधाई ज्ञापन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्रीजङ गुरुङले राख्नुभएको थियो भने, कार्यक्रम सचिव भेष बहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।