Homeसमाचार | NEWSनेपाल | NEPALकिराँत सेवा समाज कास्कीको २१ औँ साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न,अध्यक्षमा राई

किराँत सेवा समाज कास्कीको २१ औँ साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न,अध्यक्षमा राई

पोखरा १८ भदौ । किराँत सेवा समाज कास्कीको २१ औँ साधारणसभा तथा दशौँ अधिवेशन शनिबार सप्पन्न भएकोछ । पोखरा १५ टुटुङ्गामा अवस्थित आफ्नै समाज भवनमा भएको अधिवेशनले आगामी दुई वर्षका लागि दीपेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा गंगा राई द्वितीय उपाध्यक्षमा प्रशान्जीत राई, कोषाध्यक्षमा तारा राई, सचिवमा दिनेश लिम्बु र सह–सचिवमा सन्तोष राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा देव सुनुवार, कौशिला लिम्बु, सुखकला राई, परम कुलुङ राई, दल बहादुर मुखिया (सन्तोष), पवित्रा राई, सोमबहादुर राइ चयन भएका छन् । कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने समाजले जनाएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाले कुनैपनि जातजातिले भाषा, संस्कृति हरुको संरक्षणमा जोड दिन आवश्यक रहेको बताउदै समाजमा बस्नेहरु बिभाजित नभइ संगठित भएर सभ्य समाज बानाउन तर्फ लागेमा सुसंस्कृत समाज र राष्ट्र बन्ने वताए।

किराँत सेवा समाज २०६० सालबाट पोखरामा रहेको र आफुहरु नजिकबाट नियालिरहेको वताउदै आफ्नो वडाले समाजको उत्थानका लागि सक्दो सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गरे । कुनैपनि सामाजिक संस्थाले पुर्वाधार निर्माणको काममात्र नभई युवा स्वरोजगार, महिलाहरुलाई उधमशिलतामा समेटेर शिक्षा स्वास्थ, स्वरोजगारमुलक कार्यक्रम कृषि जस्ता काममा लाग्नु अहिलेको आवश्यक्ता रहेको उनको भनाइ रहेको थियो । आदिवासि जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले जनजातिहरुको अझैपनि नेतृत्व लिने ठाउँमा नपुग्दा अन्य जातिको खेलौना जस्तै बनेको बताउदै जनजातिहरु एकवद्व भएर युवाहरुलाई शिक्षा संगै सिपमुलक तालिममा लाग्न आवश्यक रहेको बताए । कुमालले राजनैतिक क्षेत्रमा समेत जनजातिहरुको पहुँच पुग्न नसक्दा जनजातिहरुको लागि कुनैपनि राजनैतिक क्षेत्रमा समान पहुँच हुन नसकेको बताउदै राजनीतिमा समेत जनजातिहरु समाहित हुन उनले आग्रह समेत गरे ।

कार्यक्रममा किराँत सेवा समिति कास्कीलाई सहयोग गरेवापत किराँत महिला समितिका अध्यक्ष डिल कुमारी राई र सल्लाहकार नारायण राईलाई सम्मानित गरिएको थियो भने किराँत समुदायबाट आईटी विषयमा मास्टर्स डिग्री गरेकी एन्टीना राई र बिएस्सी नर्सिङ उतीर्ण गरेकी मनिसा राईलाई सम्मान गिरएको थियो । किराँत सेवा समाज कास्कीको अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किराँत सेवा समाजका सल्लाहकार दिपेन्द्र राई, पुर्वाञ्चल सेवा समाजका अध्यक्ष बाल कुमार लुईटेल, पुर्वेली एकता समाजका अध्यक्ष गुणराज बास्तोला, किराँत कुलुङ भाषा संस्कृति उत्थानका अध्यक्ष लिला बहादुर कुलुङ राई लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नविन राइले सञ्चालन गरेको निवर्तमानअध्यक्ष लोकेन्द्र राईले गोर्खाली रेडियोलाई बताउनुभयो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments