तमु समाज साइप्रस द्वारा कास्कीका मृगौला पीडितलाई आर्थिक सहयोग ।
तमु समाज साईप्रसका अध्यक्ष धना गुरुङको पहलमा बिगत केही महिना देखी दुबै मृगौलाले काम नगर्ने भइ मणिपाल अस्पताल पोखरामा उपचार गराइ रहेका दुवारकोट गाउँपालिका- २१ कास्कीका बिनोद गुरुङको उपाचार्थ २६ हजार ६ सय ५१ रुपैया माच्छापुच्छ्रे बैंक मार्फत आर्थिक सहयोग गरेको छ ।
रोजगारी तथा अध्ययनको शिलसिलामा साईप्रसमा रहेका दिदीबहिनीहरुको सहयोगमा थोरै रकम भएपनि अध्यक्ष धना गुरुङको पहलमा दुबै मृगौलाले काम नगर्ने अवस्थामा रहेका पीडित बिनोद गुरुङ लाई केही रकम भएपनि संकलन गरेर सहयोग गरिएको छ भने अगामी दिनहरुमा पनि जुन सुकै समुदायका पिडितहरु भएपनि सहयोग गर्ने र सहयोग गर्दै आइरहेको तमु समाज साइप्रसका अध्यक्ष धना गुरुङले बताएका छन।
मृगौला पिडित बिनोद गुरुङको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले थोरै रकम भएपनि उपचारमा केहि सहयोग हुने भएको हुँदा साईप्रसमा रहेका दिदिबहिनीहरु बाट रकम संकलन गरि आर्थिक सहयोग गरेको बताउदै सहयोगी हात र मनहरु सबै लाई अध्यक्ष धना गुरुङले आभारका साथ धन्यबाद व्यक्त गरेका छ्न।