Homeसमाचार | NEWSयात्रा | TRAVELअमेरिकाबाट पहिलो पटक युजीएसएले प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी...

अमेरिकाबाट पहिलो पटक युजीएसएले प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरे

अमेरिकाबाट  पहिलो पटक युजीएसएले   प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरे

अमेरिकाबाट पहिलो पटक United Gurung Society of America(संयुक्त गुरुङ समाज अमेरिका) ले “उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाल (Tamu Cultural Academy of Nepali )मार्फ़त ६ जना गरिब एवं जेहेन्दार तमु विद्यार्थीलाई ७ लाख ५० हजार रकमको गरिब एवं जेहेन्दार तमु विद्यार्थी छात्रवृति स्थापना गर्ने प्रतिष्ठानका आजीवन सदस्य एवं युजिएस अमेरिका संग समन्वयकर्ता मणी लाल तमुले जानकारी गरेको छ |

 

यसै शिलशिलामा हिजो युजिस अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु)उहाँको धर्मपत्नी जमुना गुरुङबाट ३ जना विद्यार्थीको लागि अक्षयकोष ३ X १,२५,०००/- =रु.३,७५,००/- यो वर्षको ३ जना विद्यार्थीको लागि छात्रवृत्ति रकम ३X१०,००० = रु,३०,०००/- र १ जना आजीवन सदस्य शुल्क १X१०,००० = रु.१०,०००/- गरि जम्मा ४ लाख १५ हजार पठाई सकेको छ |

युजिस अमेरिकाको कोषाध्यक्ष कर्ण गुरुङ (तेल्मे तमु)ले २ जना विद्यार्थीको लागि अक्षयकोष २X १,२५,०००/- = रु .२,५०,० ००/- यो वर्षको २ जना विद्यार्थीको लागि छात्रवृत्ति रकम २X१०,००० = रु,२०,०००/- र १ जना आजीवन सदस्य शुल्क १X१०,००० = रु.१०,०००/- गरि जम्मा २ लाख ८० हजार हिजो पठाई सकेको  र युजिस अमेरिकाको सांस्कृतिक बिभाग रोधी मिदाका अध्यक्ष सुचिता गुरुङ (प्ल्हें तमु)ले १ जना विद्यार्थीको लागि अक्षयकोष १X१,२५,०००/- = रु .१,२५,० ००/- पठाउदै गरेको युजिएस अमेरिकासंग समन्वयकर्ता मणी लाल तमुले जानकारी दिएको छ |

संयुक्त गुरुङ समाज अमेरिकाको अन्य सदस्यहरु पनि गरिब एवं जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्न इच्छुक भएको अध्यक्ष प्रदीप गुरुङ र कोषाध्यक्ष कर्ण गुरुङले जानकारी दिनु भयो |

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments